राजनीति


उपसभामुख शिवमायाको अडान यथावत् : मैले राजीनामा दिनुपर्ने कारण के?

उपसभामुख शिवमायाको अडान यथावत् : मैले राजीनामा दिनुपर्ने कारण के?

नेपालखबर
माघ ६, २०७६ सोमबार ३:५,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखका लागि उम्मेदवार चयन गरेसँगै प्रतिनिधिसभालाई सभामुखको चुनाव गराउने बाटो खुलेको छ।

सभामुखको उम्मेदवार चयन हुन नसकेकै कारण चार महिनादेखि अवरुद्ध संसद् बैठक आज (सोमबार) सुरु गर्ने तयारी छ।

तर त्यसअघि नेकपाकै तर्फबाट संसद्मा उपसभामुख रहेकी तत्कालीन एमाले नेतृ शिवमाया तुम्बाहाङ्फेले आफ्नो पदबाट राजीनामा दिनुपर्नेछ। किनकि एउटै पार्टीबाट सभामुख र उपसभामुख राख्न नमिल्ने प्रावधान छ।

त्यसका लागि आज दिउँसो बस्ने संसद् बैठकअघि नेकपा नेतृत्वले तुम्बाहाङ्फेसँग छलफल गर्ने स्रोतले जनाएको छ।

तर तुम्बाहाङ्फेले सहज रूपमा राजीनामा नदिने संकेत दिएकी छन्।

उच्च स्रोतका अनुसार आफूलाई राजीनामा गराउनाको कारणबारे नेकपाका दुवै अध्यक्षले आफूलाई लिखित स्पष्टीकरण दिनुपर्ने उनको अडान छ।

स्रोतका अनुसार शिवमायाका दुईवटा प्रश्न छन् :

१. मेरो के कमजोरी छ र मैले उपसभामुखबाट राजीनामा दिनुपर्छ?

 २. म सभामुख हुन अयोग्य कसरी भएँ?

यी दुई प्रश्नमा दुवै अध्यक्षले चित्तबुझ्दो लिखित स्पष्टीकरण नदिएसम्म तुम्बाहाङ्फे उपसभामुखबाट राजीनामा नदिने अडानमा रहेको स्रोतको दाबी छ।

यसअघि उनले पहिले पार्टीले सभामुखको उम्मेदवार चयन गरोस्, अनि राजीनामा दिन्छु भनेकी थिइन्।

याे पनिअग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने नेकपा सचिवालयको निर्णय

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad