ad ad

राजनीति


माओवादीमा उठ्यो भ्रष्टाचारको मुद्दादेखि नेतृत्व हस्तान्तरणसम्मको कुरा

पार्टीमा अराजकता बढ्दै गएको टिप्पणी
माओवादीमा उठ्यो भ्रष्टाचारको मुद्दादेखि नेतृत्व हस्तान्तरणसम्मको कुरा

माओवादी केन्द्रीय समिति बैठक। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
साउन १८, २०८० बिहिबार १६:४७, काठमाडौँ

नेकपा माओवादी केन्द्रको दुई दिनदेखि जारी केन्द्रीय समिति बैठकमा नेताहरुले बोल्ने क्रम जारी छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार राजनीतिक प्रतिवेदन पेस गरेपछि केन्द्रीय सदस्यहरुले बोल्न थालेका थिए।

बुधबार १८ जना केन्द्रीय सदस्यहरुले बोलिसकेका थिए। बिहीबार बोल्नका लागि १८५ जनाले नाम टिपाएका थिए। माओवादीको केन्द्रीय समिति बैठकमा ३८५ जना केन्द्रीय सदस्य सहभागी  छन्। 

बिहीबारको बैठकमा बोल्ने क्रममा नेताहरुले पार्टी नेताहरुको जीवनशैलीदेखि भ्रष्टाचारसम्मको विषय उठाएका छन्।

बैठकमा बोल्दै केन्द्रीय सदस्य गगन पुरीले शिक्षा र स्वास्थ्य संस्थागत भ्रष्टाचार बढेको भन्दै सरकारमा भएकाले यसलाई नियन्त्रणमा ध्यान दिनुपर्ने नेतृत्वलाई सुझाए। 

अर्का केन्द्रीय सदस्य सन्तोष विष्टले आफ्ना भनाइ राख्ने क्रममा पार्टीका विद्यार्थी मोर्चाको विवाद समाधान नभएको भन्दै नेतृत्वको आलोचना गरे। 

अर्का केन्द्रीय सदस्य टेकबहादुर बस्नेतले समाजवादमा जानका लागि पार्टी पदाधिकारीहरुले गम्भीर समीक्षा गर्न जरुरी रहेको बताएका छन्।

अर्की केन्द्रीय सदस्य लक्ष्मी पुनले अब जनतासँग भिज्न सक्नेलाई मात्रै पार्टी नेतृत्व हस्तान्तरण गरिनुपर्नेमा जोड दिएकी छन्। 

‘जसले जनता रुँदा रुन सक्छ, हाँस्न सक्छ, त्यस्ता नेतालाई अबको नेतृत्व हस्तान्तरण गर्नुपर्दछ’, उनले बैठकमा भनिन्। 

अर्का केन्द्रीय सदस्य जगत सिंखडाले माओवादी पार्टी पार्टी जस्तो नभएको बताए। उनले पार्टीमा अराजकता बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न नेतृत्व गम्भीर हुनुपर्ने बताए। 

बैठकमा बोल्ने क्रममा सिंखडाले सहकारीका कारण लाखौँ जनताले दु:ख पाएको भन्दै यसबारे छानबिन गर्न गम्भीर हुनुपर्नेमा जोड दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .