ad ad

राजनीति


काठमाडौंको मुख्य सडकमै ढल बग्छ, व्यवस्थापनमा ध्यान दिऔं : सांसदहरू

काठमाडौंको मुख्य सडकमै ढल बग्छ, व्यवस्थापनमा ध्यान दिऔं : सांसदहरू

नेपालखबर
साउन १६, २०८० मंगलबार १७:२५, काठमाडौँ

सांसदहरूले काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा नै ढल बग्ने समस्याको व्यवस्थापन हुनुपर्ने बताएका छन्।

मंगलबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसदहरुले काठमाडौं उपत्यकाका मुख्य सडकहरूमा ढल व्यवस्थापनको चुनौती रहेको बताएका हुन्। उनीहरूले मुख्य सडकमा नै खोला र ढलहरू जोडिएको साना बालबालिकाहरु बगाउने समस्या सिर्जना भइरहेको बताए।

साउन ७ गते काठमाडौंको रानीवनस्थित सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका विधान आलेमगर बेपत्ता भएको घटनालाई लिएर सांसदहरूले फेरि यस्ता घटना हुन नदिन सचेत गराए।

बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले भारी वर्षा हुने बित्तिकै काठमाडौंका सडकहरुमा जाम हुने, अस्तव्यस्त हुने र सडकमा नै खोला बग्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताए।

‘भारी वर्षा हुने बित्तिकै काठमाडौंका सडकहरु जाम हुने, काठमाडौं अस्तव्यस्त हुन्छ। सडकमै खोला बग्ने अवस्था भएकाले यो समस्या आएको हो। मुलमुल सडकमै खोला बग्छ। त्यसको व्यवस्थापन गर्नुपर्‍यो,’ उनले भनिन्।

समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले काठमाडौंका सडक छेउमा बहने नदीहरुमा तत्काल ढल गाढेर सुरक्षित गर्नुपर्ने बताए। उनले काठमाडौंका यस्ता समस्याहरुको दीर्घकालीन व्यवस्थापनका बारेमा सोच्न जरुरी रहेको बताए।

‘एक जना बालक बेपत्ता छन्। त्यहाँ फेरि पनि पानी आयो भने समस्या जस्ताको तस्तै छ। त्यसमा अहिले तत्काल ढल गाढेर अहिले तत्काल निकास दिन के गर्नुपर्छ?,’ गैरेले भने, ‘र, दीर्घकालीन रुपमा समस्या समाधानका लागि तपाईहरुको कुरा के छ? यसका लागि हामी अनुगमनमा जान पनि तयार छौं। यसको समाधानको कुरा सरकारबाट हामीले चाहेको हो।’

समितिको बैठकमा बोल्दै जनता समाजवादी पार्टी, नेपालकी सांसद सुशीला श्रेष्ठले पानी पर्नु भन्दाअघि एक पटक ढलको मंगालहरु सफा गर्नुपर्ने अभियान चलाउन आवश्यक रहेको बताइन्।

उनले सडक निर्माणमा दीर्घकालीन योजना बन्न नसकेको बताइन्।

‘पानी पर्नु भन्दाअघि एक पटक ढलको मंगालहरु सफा गर्नुपर्छ। यो अभियान चलाउनुपर्छ। बाटो भन्दा तल बनेको घरमा पानीहरू पस्ने भएकाले त्यसको समाधान गर्नुपर्छ। सडक निर्माणमा दीर्घकालीन योजना नबनेको हो की भन्ने जस्तो लाग्छ,’ उनले भनिन्, ‘किनभने एकछिनमै बनायो, एकछिनमै भत्कायो छ, विदेशतिर बनिसकेपछि त्यसरी फेरि फेरि भत्काउने काम गरिँदैन। हाम्रोमा धेरै भत्किने नबनिने छ, ढलको समस्या ठूलो छ, भत्काउने नबनाउने, त्यसैले काम गरिसकेपछि त्यसलाई व्यवस्थित गर्नुपर्छ।’

समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद ऐनबहादुर शाही ठकुरीले सामाखुसीको बाढीमा परी बेपत्ता भएका बालकको खोजि कार्य तिब्र बनाउनुपर्ने बताए। उनले आगामी दिनमा यस किसिमका घटना हुन नदिन विपद्पूर्व तयारी गर्नुपर्ने बताए।

‘सामाखुसीमा केही दिनअघि मात्रै विधान आलेमगर बेपत्ता हुनुभयो, त्यसका लागि आज ९ दिन भइसक्दासमेत उहाँको अवस्था जानकारी भइरहेको छैन, यसलाई अझै खोजि कार्य बढाउनुपर्छ। अब यस्ता घटना नदोहोरिउन्, यस्तो बेलामा सबै विपद्पूर्व तयारी होस्,’ उनले भने।

सांसद ठकुरीले काठमाडौंको ढल व्यवस्थापनमा विशेष जोड दिनुपर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .