राजनीति


गगनले निर्वाचन आयोगलाई तिरे १५ हजार जरिवाना

गगनले निर्वाचन आयोगलाई तिरे १५ हजार जरिवाना

फाइल तस्बिर


नेपालखबर
साउन ११, २०८० बिहिबार १४:२३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना तिरेका छन्।

२०७९ मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उठेर खर्च विवरण सार्वजनिक नगर्ने २४ सय ३५ उम्मेदवारमध्ये गगन पनि एक थिए।

काठमाडौं क्षेत्र नम्बर ४ मा नेकपा एमालेका डा. राजन भट्टराईलाई हराउँदै प्रतिनिधिसभामा पुगेका थापाले आयोगले तोकेअनुसारको जरिवाना बिहीबार बुझाएको जनाएका हुन्। 

आयोगले मंगलबार एक सूचना निकालेर २०७९ मंसिर ४ मा भएको निर्वाचन खर्च विवरण सार्वजनिक नगरेपछि २४ सय ३५ उम्मेदवार जरिवाना गराउने निर्णय भएको जनाएको थियो। 

प्रतिनिधि सभाका १ हजार ३७ तथा प्रदेश सभामा १ हजार ३ सय ९८ गरी कूल २ हजार ४ सय ३५ जनालाई प्रतिव्यक्ति १५ हजारका दरले जरिवाना तोकिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका थिए।  

कांग्रेस महामन्त्रीसमेत रहेका गगनसँग काठमाडौं क्षेत्र नं. ४ मा पराजित एमालेका भट्टराई पनि १५ हजार जरिवानाको कारबाहीमा परेका छन्। 

‘मैले निर्वाचन आयोगमा खर्च विवरण २०७९ मंसिर २५ गते नै बुझाइसकेको छु। यो विवरण सार्वजनिक पनि भएको थियो’, थापाले भनेका छन्, ‘तर यस्तो जानकारी आयोगलाई दिनुपर्ने थाहा नभएको जानकारी गराउँछु। अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनःसार्वजनिक गरेको छु।’

काठमाडौं क्षेत्र नम्बर ४ मा थापा र भट्टराईसहित २१  जना उम्मेदवार कारबाहीमा परेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad