आगामी असोजमा चीनको हाङ्झाउमा हुने १९ औँ एसियाली खेलकुदमा नेपाल समूह ‘डी’ मा परेको छ।
बिहीबार भएको समूह विभाजनमा नेपाल रहेको समूह ‘डी’ मा बंगलादेश, भियतनाम र जापान रहेका छन्।
एशियन गेम्समा सहभागी १८ टोलीलाई पाँच समूहमा विभाजन गरिएको छ।
समूह ‘डी’ र ‘ई’ मा चार टोली छन्। तीन समूहमा भने समान तीन टोली समावेश छन्।
एशियन गेम्सका लागि नेपाली टोली अहिले प्रशिक्षणमा व्यस्त छ।
नेपाली टोलीलाई बाल गोपाल महर्जनले प्रशिक्षण गराइरहेका छन्। एशियाड असोज ६ देखि २१ गते सम्म हुनेछ।
एसियाड खेल्ने राष्ट्रिय टोली
अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, अमृता जैसी, गिता राना, हिरा कुमारी भुजेल, पुजा राना, बिमला वि.क., निशा ठोकर, समिक्षा घिमिरे, रेनुका नगरकोटे, सरु लिम्बु, बिमला चौधरी,अनिता बस्नेत, प्रीति राई, दिपा शाही, सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मी कुमारी घिसिङ, अमिषा कार्की,रेखा पौडेल।
Shares

प्रतिक्रिया