ad ad

राजनीति


कांग्रेस बैठकमा देउवाको ठट्टा : धेरै आलोचना होला भनेको कम भयो

कांग्रेस बैठकमा देउवाको ठट्टा : धेरै आलोचना होला भनेको कम भयो

फाइल तस्बिर


नेपालखबर
साउन १०, २०८० बुधबार १९:११, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ दिन लामो केन्द्रीय कार्यसमिति बैठकमा आफूले सोचेभन्दा थोरै आलोचना खेप्नु परेको बताएका छन्।

गत मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकलाई बुधबार साँझ समापनका क्रममा उनले यस्तो बताएका हुन्।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र उपसभापति पूर्णबहादुर खड्कासहितले विभिन्न निर्णयबारे जानकारी गराएसँगै सभापति देउवाले बोलेका थिए।

‘यो बैठकमा धेरै आलोचना होला भनेको कम भयो। मैले अरु भन्नु केही छैन’, उनले ठट्यौली शैलीमा भने, ‘धेरै साथीहरुले रचनात्मक र राम्रा राम्रा सुझाव दिनु भयो, हामीले मनन गरेका छौँ।’

बैठकका क्रममा उनले केन्द्रीय सदस्यहरुले दिएका सबै सुझावहरुलाई समेटेर कांग्रेसलाई बलियो बनाउँदै अघि बढ्ने वाचा पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .