राजनीति


‘एउटा निर्वाचनको परिणामका आधारमा कम्युनिस्ट आन्दोलनको भविष्यबारे निष्कर्ष निकाल्न उचित हुँदैन’

‘एउटा निर्वाचनको परिणामका आधारमा कम्युनिस्ट आन्दोलनको भविष्यबारे निष्कर्ष निकाल्न उचित हुँदैन’

नेपालखबर
असार १४, २०८३ आइतबार १७:९, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एउटा निर्वाचनको परिणामका आधारमा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न उचित नहुने बताएकी छन्। 

मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार राष्ट्रियसभा गृहमा आयोजना गरेको गोष्ठीमा उनले यस्तो बताएकी हुन्। 

‘हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले कम्युनिस्ट शक्तिका सामु कार्यशैली, प्राथमिकता र जनसम्बन्धलाई अझ प्रभावकारी बनाउने अवसर प्रदान गरेको छ,’ उनले भनिन्, ‘कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिष्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित हुँदैन।’

कम्युनिस्ट आन्दोलनलाई अझ प्रभावकारी, जनमुखी र समसापेक्ष बनाउँदै जनतासँगको सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad