राजनीति


राजनीतिकर्मीलाई रवीन्द्र मिश्रका दर्जन प्रश्न

‘भन्नुहोला– चुनाव हार्नेले ठूला कुरा गर्ने?’
राजनीतिकर्मीलाई रवीन्द्र मिश्रका दर्जन प्रश्न

फाइल तस्बिर


नेपालखबर
साउन ८, २०८० सोमबार १३:४९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजनीतिकर्मीहरूलाई सार्वजनिक रूपमा दर्जन प्रश्न गरेका छन्। 

सोमबार सामाजिक सञ्जालमार्फत उनले ३० वर्षपछिको नेपाल कस्तो हुने भन्ने परिकल्पनाका साथ राजनीतिकर्मीहरूलाई विभिन्न प्रश्न तेर्स्याएका हुन्। 

‘३० वर्षपछिको नेपाल नसोच्ने हो भने बिग्रिएको देशलाई थप बिगार्न किन राजनीति गर्नु’, प्रश्नसँगै मिश्रले लेखेका छन्, ‘भन्नुहोला- चुनाव हार्नेले ठूला कुरा गर्ने? तर यति बुझिदिनोस् कि अपवादलाई छोडेर चुनाव जित्नेले बिगारेको देश हो यो।’

राजनीतिकर्मीहरूलाई मिश्रका दर्जन प्रश्न यस्ता छन्

१. ३० वर्षपछि नेपाल कुन स्तरको विश्व भूराजनीतिक भुमरीमा पर्ला?

२. ३० वर्षपछि नेपालभित्रको धार्मिक/जातीय माहोल कस्तो होला?

३. ३० वर्षपछि नेपालका प्रमुख संस्थाहरूको इमान र दक्षता कस्तो होला?

४. ३० वर्षपछि नेपालको सार्वजनिक शिक्षा र स्वास्थ्यको स्तर कस्तो होला?

५. ३० वर्षपछि नेपालको सामाजिक सुरक्षाको अवस्था कस्तो होला?

६. ३० वर्षपछि नेपालको पूर्वाधार र आर्थिक विकासको स्तर कस्तो होला?

७. ३० वर्षपछि सहरी विकास र भूउपयोगको रूप कस्तो होला?

८. ३० वर्षपछि वैदेशिक रोजगारीमा जाने युवाको संख्या कति होला?

९. ३० वर्षपछि दक्ष जनशक्ति पलायनको अवस्था कस्तो होला?

१०. ३० वर्षपछि जलवायु परिवर्तनको नेपालमा कस्तो असर पर्ला?

११. ३० वर्षपछि स्वइच्छाले नेपालमा बस्न चाहनेको संख्या कति होला?

१२. ३० वर्षपछिको नेपाल हरेक दृष्टिकोणबाट कस्तो देश होला?

उनले अगाडि लेखेका छन्, ‘देशको दीर्घकालीन हितका लागि राजनीति गर्ने हो भने यी प्रश्नबारे मनन गर्नैपर्छ। हुन त काठमाडौँजस्तो धर्म, संस्कृति, सभ्यता र सौन्दर्य बोकेको उपत्यकामा ५ वर्षपछि ट्र्याफिकको अवस्था कस्तो होला भनेर नसोच्ने राजनीति भएको देशमा माथिका प्रश्नको के अर्थ होला र!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad