राजनीति


कमल थापाले भनेः एमसीसी विकासका लागि हो, हतियार र सेना ल्याउन होइन

कमल थापाले भनेः एमसीसी विकासका लागि हो, हतियार र सेना ल्याउन होइन

नेपालखबर
माघ ४, २०७६ शनिबार ११:१८,

राप्रपाका अध्यक्ष कमल थापाले अमेरिकन सरकारसँग तत्कालीन नेपाल सरकारले राष्ट्रिय सहमतिका आधारमा एमसीसी सम्झौता गरिएको बताएका छन्।

राप्रपा निकट ट्रेड युनियन महासंघ नेपालद्वारा शनिबार हेटौँडामा आयोजित वाग्मती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष थापाले भने, ‘त्यो सम्झौता सामरिक हतियारको ओसारपसार र सैन्य गुटमा विभाजित हुनका लागि गरिएको छैन्।’

अध्यक्ष थापाले नेपालको पूर्वाधार विकासका लागि मात्र एमसीसी सम्झौता भएकाले सत्तारूढ दलका आन्तरिक विवादका कारण त्यसलाई अवरुद्ध गर्न नहुने उल्लेख गर्दै उक्त सम्झौता रद्द हुँदा हेटौँडा–भीमफेदीको सडक स्तरोन्नति, प्रदेश नं १ अन्तर्गत पर्ने चार आली फिदिम सडक निर्माणलगायत हेटौँडाको रातोमाटे हुँदै बुटवलसम्मको हाइटेन्सन विद्युत् लाइन निर्माणमा समेत ठूलो अवरोध पुग्ने बताए।

सत्तारूढ दलले आन्तरिक विवाद मिलाएर प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन यथाशीघ्र गर्नुपर्ने र संसद्लाई लामो समयसम्म अवरुद्ध गर्नु नहुने बताउँदै उनले प्रजातन्त्रको सुदृढीकरणका लागि मुलुकमा वैदिक धर्मसंस्कृतिको संवद्र्धन गर्न आवश्यक रहेको औँल्याए।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले राष्ट्रमा प्रजातान्त्रिक तथा राष्ट्रवादी सोच र चिन्तन भएका पार्टीहरुसँग राप्रपाको एकीकरण हुन सक्छ भन्दै आगामी जेठ महिनामा हुने पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटका लागि प्रत्येक जिल्लाबाट सक्रिय सदस्यताको माध्यमबाट निर्वाचित भएर आउनुपर्ने धारणा व्यक्त गरे।

सो अवसरमा राप्रपाका केन्द्रीय सदस्यत्रय मधु अधिकारी, विन्दु पहाडी, मीना स्वर्णकार र ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष हिक्मत सिंह भण्डारीले राप्रपाले विदेशमा रहेका युवाहरुलाई निकट भविष्यमा स्वदेशमै रोजगारीमूलक अवसर जुटाउन ट्रेड युनियन महासंघले आत्मसात् गर्ने विश्वास व्यक्त गर्दै समाजलाई राजनीतिक स्थायित्व प्रदान गर्न सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सबै दलसँग सहकार्य गरेर सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad