ad ad

राजनीति


संघीयताबारे प्रश्न उठ्न नदिन जनअपेक्षा सम्बोधन हुनुपर्छ : सभामुख घिमिरे

संघीयताबारे प्रश्न उठ्न नदिन जनअपेक्षा सम्बोधन हुनुपर्छ : सभामुख घिमिरे

फाइल तस्बिर


नेपालखबर
साउन ५, २०८० शुक्रबार १७:५५, काठमाडौँ

सभामुख देवराज घिमिरेले संसद्ले बनाएका कानुनहरूले जनअपेक्षाको सम्बोधन गर्न सक्नुपर्ने बताएका छन्।

काठमाडौंको चन्द्रागिरीमा शुक्रबार आयोजित संघीय संसद् र प्रदेशसभाको अनुभव आदानप्रदान एवम् अन्तरक्रिया कार्यक्रममा घिमिरेले यस्तो बताएका हुन्।

‘हामीले बनाएका विधेयकमार्फत कानुन बनेर देशमा शासन चल्छ। यस्तो अवस्थामा जनताका अपेक्षा सम्बोधन गर्ने चुनौती छ’, उनले भने, ‘हामीले सिर्जनशील ढंगबाट सोच्ने बेला भइसकेको छ। हामी भारत र बेलायतबाट धेरै सिक्न सक्छौं।’

घिमिरेले जनताको जीवनलाई सुखी राष्ट्र समृद्ध बनाउने दिशामा संसद्मा छलफल हुनुपर्ने बताएका छन्।

घिमिरेले संघीयताबारे प्रश्न उठिरहेको पनि बताएका छन्। ‘अहिले विभिन्न क्षेत्रबाट संघीयता उचित थिएन कि जनताका माग सम्बोधन भएनन् कि भन्ने कुरा आएका छन्’, उनले भने, ‘यी कुरामा पनि हामीले छलफल चलाउनु पर्छ। जनअपेक्षा सम्बोधन गर्ने उपाय खोज्नुपर्छ।’

घिमिरेले जनताका अपेक्षा पूरा गर्न संघदेखि तलसम्म प्रभावकारी छलफल हुन आवश्यक रहेको बताए।

‘कानुन बनाउने र सरकारको दायित्व के हुने छलफल हुनुपर्छ’, उनले भने, ‘हामी त्यसकै लागि संघ र प्रदेशका अनुभवबारे चार दिन छलफल गर्दैछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .