नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख तथा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले कांग्रेसमा समस्या भन्दा पनि अलमल बढी भएको टिप्पणी गरेका छन्। पार्टी कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै उनले सो टिप्पणी गरेका हुन्।
‘कांग्रेस अप्ठेरोमा भन्दापनि अलमलमा छ कि जस्तो लाग्छ। दुर्घटनामा हुँदा पनि जब ड्राइभर अलमलमा पर्छ तब सवारी दुर्घटनामा पर्छ,’ उनले भने, ‘अप्ठेरो बाटोमा मात्र दुर्घटना हुने होइन हाइवेमा पनि दुर्घटना हुन्छ। हामी आज कतै अलमलमा छौं कि जस्तो लाग्छ।’
उनले सुरुमा पार्टीभित्रकै मस्तिष्कबाट अलमल हटाउनुपर्ने बताए।
‘केपी ओलीले संसद् विघटन गर्दैगर्दा हामी प्रतिपक्षी थियौं। प्रतिपक्षी भनेको वेइटिङ गभरमेन्टमा हुन्छ। सत्तापक्षले मध्यावधीको घोषणा गदैगर्दा चुनावमा सहर्ष जानुपथ्र्यो हामी त्यतिबेला हुँदैन भनियो। जतिबेला फेरि हामी सरकारमा जान्नौं भनेर बस्यौं त्यो बेलामा हामी जानुपर्छ भन्यौं,’ उनले भने, ‘०७४ मा गठबन्धन गनुपथ्र्यो भनेर नेतृत्वले आलोचना खेप्नुपर्यो। ०७९ मा गठबन्धन गरेर पनि आरोप खेप्नुपर्यो। हामी यहाँ अलमलमा छौं की? सरकार बनाउँदा प्रचण्डलाई प्रधानमन्त्री दिनुपर्दा गल्ती गर्यो, ३२ सिटेलाई किन दिने भनेर नेतृत्वलाई दोष दियौं। अहिले फर्काएर ल्याउँदा पनि नेतृत्वलाई दोष दियौं। त्यसैले पहिला हामीले मस्तिष्कमा रहेको अलमल हटायौं भने कांग्रेस समस्यामा छैन।’

प्रतिक्रिया