ad ad

राजनीति


कांग्रेस बैठकमा पौडेलको प्रस्ताव : एउटा व्यक्तिलाई ४ पटकभन्दा बढी संसदको टिकट नदिऔं

कांग्रेस बैठकमा पौडेलको प्रस्ताव : एउटा व्यक्तिलाई ४ पटकभन्दा बढी संसदको टिकट नदिऔं

नेपालखबर
साउन ५, २०८० शुक्रबार १४:५६, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एउटा व्यक्तिलाई ४ पटकभन्दा बढी संघीय संसदको टिकट दिन नहुने प्रस्ताव अघि सारेका छन्। 

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै पौडेलले सो प्रस्ताव गरेका हुन्। 

साथै, उनले सबै तहमा प्राइमरी निर्वाचनको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्। 

‘सबै तहमा प्राइमरी इलेक्सनको व्यवस्था गरौं। पार्टीको एउटा व्यक्तिलाई कतिपटक टिकटको व्यवस्था दिने? एउटा व्यक्तिलाई ४ पटकभन्दा संघीय संसदको टिककको मौका दिनु हुँदैन,’ पौडेलले बैठकमा भने, ‘प्रदेशमा २ पटकको व्यवस्था हुनुपर्छ। पार्टीबाट सरकारमा नेतृत्व गर्दैगर्दा दोहोर्याएर समानुपातिकको प्रतिनिधित्व हुनुहुँदैन।’

त्यस्तै, मन्त्री, मुख्यमन्त्री, प्रदेशमन्त्री दुईपटकभन्दा बढी हुन नपाउने व्यवस्थ लागू गर्नुपर्ने प्रस्ताव पनि उनले अघि सारेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .