नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले देशभरी गुठिसँग सम्बन्धि जग्गाहरुमा समस्या रहेको भन्दै समस्या समाधानका लागि माग गरेका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बाँस्कोटाले सो माग गरेका हुन्।
उनले वर्षौंदेखि जमिन जोतिरहेकाहरुको आफ्नो नाममा जग्गा आउन नसकेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए।
‘देशैभरी गुठिसँग सम्बन्धित समस्या छ। हाम्रो सरकार, हामी राजनीतिक दलहरु सबै हामी समाजवादी हौँ भन्छौँ। र किसानलाई न्याय दिन्छौं भन्छौं,’ सांसद बास्कोटाले भने, ‘तर जसले जमिन जोतिरहेको छ, वर्षौदेखि, पुस्तौँ पुस्तादेखि तिनका नाममा बाबु, बराजु सबै बितिसके। आजपनि उनको जमिन दर्ता हुन सकेको छैन। ती खोटो माल भएका छन्।’
18
Shares
प्रतिक्रिया