ad ad

राजनीति


एमालेप्रति मन्त्री ज्वालाको कटाक्ष : कसैले चाहँदैमा, धुपबत्ती गर्दैमा सत्ता गठबन्धन ढल्दैन

एमालेप्रति मन्त्री ज्वालाको कटाक्ष : कसैले चाहँदैमा, धुपबत्ती गर्दैमा सत्ता गठबन्धन ढल्दैन

फाइल तस्बिर


नेपालखबर
असार ३१, २०८० आइतबार १२:२३, जनकपुरधाम

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने दाबी गरेका छन्। 

आइतबार जनकपुरधाम पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन्। 

उनले नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढलोस् भनेर धुपबत्ती बाल्दैमा नढल्ने टिप्पणी गरे।

ज्वालाले प्रतिगमनविरुद्ध एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु एक ठाउँमा रहेको उल्लेख गर्दै गठबन्धन ढाल्ने सपना नदेख्न एमालेलाई भने। 

उनले गठबन्धन ढालेर केही पाइहाल्छौँ की भन्ने आशा गर्नेहरुले आशावादी नबन्न पनि आग्रह गरेका छन्। 

‘अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ, यो कसैले ढलोस् भनेर चाहँदैमा, धुपबत्ती गर्दैमा ढल्दैन। यसको ग्राउण्ड छ। प्रतिगमनविरुद्ध एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु छन्। चुनावका बेलमा सँगै अघि बढेका शक्तिहरु एक ठाउँमा छन्’, उनले भने ‘जटिल मोडहरुमा एकतावद्ध भएका शक्तिहरु एक ठाउँमा छन्। यो ढलेर फाइदा पाइहाल्छौँ भनेर आशावादी भएकाहरुको आशा पूरा हुँदैन।’

मन्त्री ज्वालाले समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्रै नभइ गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .