ad ad

राजनीति


वृक्षरोपणका लागि धनगढीका मेयरले ५ दिनमा गरे २० लाख सहयोग संकलन

वृक्षरोपणका लागि धनगढीका मेयरले ५ दिनमा गरे २० लाख सहयोग संकलन

नेपालखबर
असार ३०, २०८० शनिबार ११:३१, काठमाडौँ

धनगढी उपमहानगरपालिकाले 'हाम्रो धनगढी हामी बनाउँछौँ' अभियान चलाइरहेको छ। जसअन्तर्गत उपमहानगरका मेयर गोपाल हमालले दोस्रो चरणको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत वृक्षरोपण अभियान चलाइरहेका छन्।

जसअन्तर्गत हालसम्म २० लाख ३० हजार ६५० रुपैयाँ सहयोग प्राप्त भएको मेयर हमालले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।

उनले असार २५ गतेदेखि हरियाली अभियान सुरु गरेका हुन्। हमालका अनुसार असार २५ गते ६ लाख ४५ हजार, २६ गते २ लाख ४० हजार, असार २७ ४ लाख ७५ हजार र २८ गते ५ हजार २० हजार र २९ गते १ लाख ५० हजार रकम सहयोग संकलन भएको छ।

धनगढी उपमहानगरपालिकाले हरियाली प्रवर्द्धन गर्न र धनगढीलाई पर्यावरणमैत्री बनाउन उक्त अभियान चलाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .