ad ad

राजनीति


‘ललिता निवास प्रकरणमा टिप्पणी उठाउने जेलमा, निर्णय गर्नेहरू साइरन बजाउँदै घुम्ने? (भिडिओ)

‘ललिता निवास प्रकरणमा टिप्पणी उठाउने जेलमा, निर्णय गर्नेहरू साइरन बजाउँदै घुम्ने? (भिडिओ)

नेपालखबर
असार २९, २०८० शुक्रबार १७:२६, काठमाडौँ

प्रतिनिधिसभा सांसद डा. अमरेशकुमार सिंहले ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्ता उम्कने र कर्मचारी जेल जाने काम भएको भन्दै त्यसको विरोध गरेका छन्। 

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले टिप्पणी उठाएवापत् कर्मचारी जेल जानुपरेको र निर्णयकर्ता भने साइरन बजाएर हिँड्ने कार्य भएको बताए।

‘ललिता निवास जग्गा प्रकरणमा शाखा अधिकृतले टिप्पणी उठाएवापत् जेल जाने। तर निर्णयकर्ताहरूसँग बसेर डिनर खाने र निर्णयकर्ताहरू मज्जाले घुम्ने र अघि पछि साइरन बजाउने यो कस्तो नियम हो,’ सांसद सिंहले भने।

उनले क्याबिनेटमा संलग्न मन्त्री र प्रधानमन्त्रीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

‘शाखा अधिकृतबाट टिप्पणी उठेर सहसचिव र सचिवकोमा गएको छ। क्याबिनेटबाट संलग्न मन्त्री र प्रधानमन्त्रीलाई कारबाहीको दायरामा लानुपर्छ त्यसपछि मात्र भ्रष्टाचार उन्मुलनको काम हुन्छ,’ उनले भने, ‘नत्र दलहरू बसेर भ्रष्टाचार गर्ने कर्मचारीलाई जोगाउने हुँदा देशको सम्पूर्ण कर्मचारी संयन्त्रले भोलिको दिनमा काम गर्दैन।’

उनले सरकारी जग्गालाई गुठी र रयकर बनाउन निर्णय गर्नेहरूलाई कारबाही हुनुपर्ने बताए। ‘कर्मचारी संयन्त्र त आदेशको पालन गर्ने हो। मन्त्री र प्रधानमन्त्रीले टिप्पणी उठाउँदा कसले गर्दैन? जसले सरकारी जग्गालाई गुठी र रयकर बनायो उसलाई कारबाही हुनुपर्छ,’ उनले भने।

भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .