राजनीति


सांसद तोसिमाको अभिव्यक्तिप्रति माओवादीद्वारा खेद प्रकट

सांसद तोसिमाको अभिव्यक्तिप्रति माओवादीद्वारा खेद प्रकट

नेपालखबर
असार २८, २०८० बिहिबार १५:१६, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) ललितपुरले प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ।

प्रधानमन्त्री पत्नी एवम् माओवादीका केन्द्रीय सल्लाहकार सीता दाहालको निधनको घडीमा सांसद कार्कीले दिएको अभिव्यक्तिप्रति माओवादीले आपत्ति जनाएको हो।

जिल्ला इन्चार्ज दिनेश महर्जन (दिपेश) र संयोजक शिव कट्टेलले संयुक्त विज्ञप्ति प्रकाशित गरी सांसद कार्कीले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

‘उहाँको उक्त अभिव्यक्ति खेदजनक र असंवेदनशील युक्त भएको विषयमा हाम्रो निष्कर्ष रहेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘अतः कमरेड सीता दाहालको निधनको दुःखद घडीमा तोसिमा कार्कीले दिनुभएको अभिव्यक्ति प्रति खेद प्रकट गर्दै घोर भर्त्सना गर्दछौं।’

ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित सांसद कार्कीले बुधबार पशुपति आर्यघाटमा सञ्चार माध्यमसँगको कुराकानीका क्रममा ‘प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीका लागि केही गर्न सक्नुभएन, आफ्नै श्रीमतीलाई त समय दिनसक्नुभएन अथवा हेरचाह गर्न सक्नुभएन राष्ट्रको लागि के गर्न सक्नुहोला त भन्ने प्रश्नहरू पनि आउनसक्छ’ भनेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad