सभामुख चयनमा जारी गतिरोध अन्त्यका लागि सत्तारुढ नेकपाका दुई अध्यक्षले छलफल तीव्र पारेका छन्।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केहि दिनको संवादहिनतापछि बिहीबारदेखि छलफललाई तिव्रता दिइएको हो।
सभामुख चयनको विषयमा दुई अध्यक्ष सहमतिनजिक पुगेको प्रधानमन्त्री ओलीनिकट स्रोतले बतायो।
दुई अध्यक्षले पछिल्ला बैठकहरुमा सभामुखका लागि उपयुक्त उमेदवारका लागि विभिन्न विकल्पबारे छलफल गरिरहेको ओली निकट एक स्थायी समिति सदस्यले बताए।
सभामुख चयनकै विषयमा बढेको मतभेद् तोड्दै बिहीबार बसेको बैठकमा दुई अध्यक्षबीचको छलफल सकारात्मक भएको बताइएको थियो। शुक्रबार पुनः सोहि विषयमा छलफल भएको थियो।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले सभामुखको उमेदवारबारे उत्पन्न गतिरोध छिटै अन्त्य गर्नेगरि दुई अध्यक्षबीच छलफल भएको बताए।
‘दुई अध्यक्षबीच सहमतिबाटै यो गतिरोध छिट्टै अन्त्य गर्नेगरी छलफल अघि बढेको छ। संसद्ले छिटै सभामुखको उमेदवार पाउँछ,’ थापाले नेपालखबरसँग भने।
बिहीबार नेकपा महासचिव विष्णु पौडेलले सभामुखको विषय नेताहरुबीच सहमति बन्दै गएको र सोमबारका लागि तय गरिएको संसद् बैठकबाट सभामुखको निर्वाचन प्रक्रिया शुरु हुने बताएका थिए।
याे पनि:
सोमबार सभामुख चयन प्रक्रिया शुरु हुन्छ: महासचिव पौडेल

प्रतिक्रिया