कारोबार


बाढीले रिडी मेला प्रभावित, दुईवटा स्टल खोलाले बगायो

बाढीले रिडी मेला प्रभावित, दुईवटा स्टल खोलाले बगायो

प्रकाश न्याैपाने
माघ ३, २०७६ शुक्रबार ९:४३,

अविरल वर्षाले पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगम स्थल रुरु क्षेत्र धाम रिडीमा चलेको माघी महोत्सव स्थगित भएको छ। वर्षापछि आएको बाढीले महोत्सवमा राखिएका स्टलमासमेत क्षति पुर्‍याएको स्थानीय चिरिन्जीवी ज्ञवालीले जानकारी दिए।

बिहीवार राती रिडीखोला बढेपछि मेलाको लागि बनाईएको अस्थायी पुल फड्के समेत बगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। प्रहरीका अनुसार बाढीले खोला किनारमा रहेका दुईवटा स्टलसहित सामना समेत बगाएको छ।

निरन्तरको वर्षा नरोकिएकाले सम्भावित बाढी आउन सक्ने भन्दै खोला नजिक रहेका स्टलहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गर्न लागिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुरज श्रेष्ठले बताए।

तीन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र रुरु धामस्थित रिडीमा १४ वर्ष पछि यसपटक महोत्सव आयोजना गरिएको थियो। ०६२ सालमा पहिलो महोत्सव आयोजना गरिएको थियो। तर, त्यसयता बिभिन्न कारणले महोत्सव आयोजना हुन सकेको थिएन।

गुल्मी उद्योग वाणिज्य संघ रिडी शाखाको आयोजनामा यही पौष २९ गतेबाट माघ ९ गतेसम्म रुरु महोत्सव आयोजना भएको हो। लामो समयपछि महोत्सव आयोजना भएपछि खुशी भएका यहाँका व्यवसायी वर्षाले प्रभावित हुँदा चिन्तित भएका छन्।

यहाँको धार्मिक, ऐतिहासिक, पर्यटकीय क्षेत्र र स्थानीय उत्पादनको प्रबद्र्धन गर्न रिडीमा महोत्सव गरिएको हो। महोत्सवको माध्यमबाट रिडीमा झण्डै २ लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष राखिएको छ। तर निरन्तरको वर्षाले मेला प्रभावित हुने भएको छ। 

रुरु महोत्सवमा विशेषगरि कम्बल, काम्ला, राडीपाखी, बाँस तथा चोयावाट निर्मित सामाग्रीहरु, ओखरका घाँजी लगायतका वस्तुको राम्रो व्यापार हुने गर्छ। व्यापार तथा धार्मिक पर्यटनका लागि व्यापारीहरु रुकुम, रोल्पालगायतका ठाउँवाट रिडी आउने गर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad