राजनीति


विश्वविद्यालय र कलेजहरुलाई कृषिसँग जोड्नुपर्छ : मन्त्री भुसाल

विश्वविद्यालय र कलेजहरुलाई कृषिसँग जोड्नुपर्छ : मन्त्री भुसाल

नेपालखबर
माघ ३, २०७६ शुक्रबार ८:४१,

कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले विश्वविद्यालय र कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका छन्।

शुक्रबार संसदको दिगो विकास समिति बैठकमा सांसदहरुसँगको छलफलका क्रममा मन्त्री भुसालले विश्वविद्यालय तथा कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

नेपालमा कृषिसम्बन्धी अध्ययन-अध्यापन गराउने कलेज नै नभएको भन्ने भनाइ गलत भएको भन्दै मन्त्री भुसालले त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालय र अन्य कलेजहरुलाई कृषिकर्मसँग जोड्नुपर्नेमा जोड दिए।

सांसद प्रमिला कुमारीले बैठकमा नेपालमा कृषिसम्बन्धी अध्ययन गराउने कलेजहरु प्रयाप्त नभएको भन्दै जिज्ञासा राखेकी थिइन्। जवाफमा मन्त्री भूसालले विश्वविद्यालय नै नभएको भन्ने कुरा सही नभएको तर विश्वविद्यालय र कलेजहरुको शिक्षालाई कृषिकर्मसँग कसरी जोड्न सकिन्छ भन्नेमा समस्या रहेको बताए। बजारमा कृषिको ठूलो जनशक्ति भए पनि त्यसलाई प्रयोग गर्न नसकिएको मन्त्री भुसालको भनाइ छ।

मन्त्री भुसालले धानको उत्पादन बढाउन मन्त्रालय हरदम तयार रहेको बताए। प्रोजेक्ट बनाउने भन्दा उत्पादन बढाउने कुरामा मन्त्रालय तयार रहेको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad