दक्षिण कोरियाका लागि युरोपेली युनियनका पूर्वराजदूत गेरार्ड साबातिलमाथि जर्मनीले जासुसीको आरोपमा अनुसन्धान थालेको छ। उनले चीनका लागि जासुसी गरेको आरोप छ।
बुधबार जर्मन प्रहरीले साबातिल र अन्य दुई जनाको घर र अफिसमा छापा मारेको थियो। यद्यपि उनीहरुलाई पक्राउ गरिएको छैन।
यसले बेइजिङ, ब्रसेल्स र बर्लिनमा तरंग फैलिएको छ।
जर्मनी र हंगेरीका दोहोरो नागरिकताधारी साबातिल २०१७ मा कुटनीति छोडेर लबिङ कम्पनी युटपमा आबद्ध भएका थिए।
साबातिलको सम्बन्ध चिनियाँ सुरक्षा मन्त्रालयसँग देखिएको आरोप लगाइएको छ। उनी चीन जाँदा सो मन्त्रालयउका एक कार्यकारी अधिकृतसँग भेट गरेको बताइएको छ। एजेन्सी

प्रतिक्रिया