ad ad

राजनीति


प्रचण्डकै नेतृत्वमा समाजवादको यात्रा सुरु भइसक्यो : पर्यटनमन्त्री किराती

प्रचण्डकै नेतृत्वमा समाजवादको यात्रा सुरु भइसक्यो : पर्यटनमन्त्री किराती

तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
असार २५, २०८० सोमबार १२:२०, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली समाजवाद नेपाली विशेषताको नेपाली माटोमै रहेको बताएका छन्।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

नेपाली समाज, समाजवाद कस्तो हुने? नेपाली समाजवादको विशेषता के हुन्? नेपाली समाज कसरी बनेको छ र समाजवादमा पुग्न के काम गर्नुपर्छ नेपाली समाजमा चलिरहेको सांस्कृतिक अभ्यासहरुलाई कसरी जीवित गराउने र कसरी विकास गर्ने? भन्ने कुराको अध्ययन आवश्यक रहेको पनि बताए। 

किरातीले नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान आफैँले गर्नुपर्ने बताए। उनले नेपाली समाजलाई समाजवादमा पुर्‍याउने काम अहिलेको नेतृत्वले गर्नुपर्ने बताए। 

भ्रष्टाचारको सफा अभियानदेखि नै समाजवादको बाटो शुरु हुने बताउँदै उनले त्यो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सुरु भइसकेको बताए।

मन्त्री किरातीले नेपाली समाजवादलाई समाजवादमा पुर्‍याउने काममा लाग्नुपर्नेमा पनि जोड दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .