राजनीति


मिटरब्याज पीडितको आन्दोलनमा पुगे गृहमन्त्री (तस्बिरहरू)

मिटरब्याज पीडितको आन्दोलनमा पुगे गृहमन्त्री (तस्बिरहरू)

सरोज बैजु
असार २४, २०८० आइतबार १७:४३, काठमाडौँ

मिटरब्याजसम्बन्धी अध्यादेश पारित गर्न माग राख्दै आन्दोलनरत पीडितहरूलाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेटेर सम्बोधन गरेका छन्। अध्यादेश निष्क्रिय भएपनि पीडितहरूले संसद भवन अगाडि आन्दोलन र धर्ना दिइरहेका छन्। 

आइतबार पनि पीडितहरूले प्रदर्शन गरेका थिए। प्रदर्शनस्थलमा उपप्रधानमन्त्री श्रेष्ठ आफैं पुगर मिटरब्याज पीडितलाई कारबाही गर्न कसैले रोक्न नसकिने बताए।

नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि अध्यादेश निष्क्रिय भएको थियो। 

संसद अवरुद्ध भएकै कारण विधेयक निष्क्रिय भएपछि पीडितहरु आक्रोशित भएर फेरि काठमाडौंमा धर्ना दिन पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .