ad ad

राजनीति


क्रान्तिकारी स्ववियु काउन्सिल संयोजकमा रेशमलाल श्रेष्ठ

क्रान्तिकारी स्ववियु काउन्सिल संयोजकमा रेशमलाल श्रेष्ठ

नेपालखबर
असार २२, २०८० शुक्रबार २०:५४, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को क्रान्तिकारी स्ववियु काउन्सिलको संयोजकमा रेशमलाल श्रेष्ठ निर्वाचित भएका छन्। 

राजधानीमा भएको तेस्रो राष्ट्रिय भेलाले सानोठिमि क्याम्पस भक्तपुर सभापति समेत रहेका श्रेष्ठको संयोजगत्वमा काउन्सिलको नेतृत्व निर्वाचित भएको हो। 

सहसंयोजकमा सितल क्याम्पस चौरजहारी रुकुमपश्चिमका सभापति निराजन केसी र सचिवमा मकवानपुर बहुमुखी क्याम्पस सभापति छईसाङ् लामा निर्वाचित भएका छन्। 

यस्तै, प्रदेश संयोजकहरु कोशी प्रदेश-सिमान्त लुइँटेल ,मधेस प्रदेश-जयकृष्ण यादव, बागमती प्रदेश-राजेन्द्र पनेरू ,गण्डकी प्रदेश-निसाना मगर, लुम्बिनी प्रदेश-हरेन्द्र बिक ,कर्णाली प्रदेश-हिक्मत सिंह ,सुदुरपश्चिम-प्रेम सहकारी र उपत्यका विशेष प्रदेश-अभिषेक थापा सहित ५७ सदस्यीय केन्द्रिय समिति सर्वसम्मत निर्वाचित भएको छ।

स्ववियु काउन्सिल भेलालाई अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए।

भेलाको दोस्रो दिन पार्टी महासचिव देव गुरुङ, उपमहासचिवहरु वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत लगायत पुगेर प्रशिक्षण दिएका थिए।

गएको चैत्रमा सम्पन्न स्ववियु चुनावमा कर्णाली र बागमति प्रदेशमा पहिलो संगठन हुँदै अखिल (क्रान्तिकारी)बाट देशभरी ८३ क्याम्पस सभापति ,३२४ पदाधिकारी र सदस्य सहित ८५१ जना निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .