नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिई संसद बैठक नचल्ने स्पष्ट पारेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रधानमन्त्रीले साँचो कुरा व्यक्त गरेको बताए।
‘हामी निरन्तर अवरोध कायम राख्छौं भनेका छैनौं। प्रधानमन्त्रीले राजीनामा दिए पर्सि नै खुल्छ। हिजो आएको भए आजै खुल्थ्यो,’ पन्तले भने, ‘उहाँले बोलेको कुरालाई लिएर क्लिएरिफेकशन दिनुपर्ने कुरा छैन। आफ्नो साँचाmे कुरा उहाँले व्यक्त गर्नुभयो।’
पुष्पकमल दाहाल प्रचण्डलाई बिर्सिएर अरु जो कोही भएपनि राजीनामा मागिने बताए। ‘त्यस्तो भन्ने कुनैपनि व्यक्ति उहाँको ठाउँमा बसेर जो बोलेको भए पनि गलत हो। त्यो अरुले बोलेको भए पनि राजीनामा मागिन्थ्यो,’ उनले भने।
प्रधानमन्त्रीको रुपमा जस्ता कुराहरु भन्नुभयो यस्ता कुरा बोलेपछि नैतिक रुपमा राजीनामा दिनुपर्ने उनले बताए।
‘पदमा बसेको मान्छेले त्यसो बोल्दा जनता र हामी सांसदहरु चुप बसिदिनुपर्ने? उहाँले प्रष्ट रुपमा भाषमा बोल्नुभएको छ। त्यसकारण राजीनामा दिनुपर्छ हाम्रो अडान त्यही हो,’ उनले भने।
Shares

प्रतिक्रिया