ad ad

राजनीति


गठबन्धनलाई ओलीको जवाफ- संसदमा मात्र होइन, जहाँ बोलाए पनि आउन तयार छौं

गठबन्धनलाई ओलीको जवाफ- संसदमा मात्र होइन, जहाँ बोलाए पनि आउन तयार छौं

नेपालखबर
असार २२, २०८० शुक्रबार १५:४१, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जुनसुकै कुरामा पनि नेकपा एमालेलाई नै दोषी देखाउन खोजेको आरोप लगाएका छन्। 

शुक्रबार स्ववियु काउन्सिलको राष्ष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धनले जहाँ बोलाए पनि एमाले वार्ताका लागि उपस्थित हुन तयार रहेको बताएका छन्। 

सत्ता गठबन्धनले आफूहरुलाई पार्लियामेन्ट (संसद) मा बोलाएको भन्दै उनले संसदमात्र नभई जुनसुकै स्थानमा बोलाए पनि छलफलका लागि एमाले आउने जिकीर गरे।

‘गठबन्धनको मिटिङ बस्यो। उनीहरुले हामीलाई मसल देखाएर पार्लियामेन्टमा नै भेटुँला भन्नुभयो। उहाँहरुले पार्लियामेन्टमा नै के का लागि सामना गर्छौं भन्नुभयो, उहाँहरुले वार्ता गर्छौं समस्याको समाधान गर्छौं भन्नुभएन,’ उनले भने, ‘प्रतिपक्षीको तर्फबाट मसिनो ढंगबाट भन्न चाहन्छु, सत्तापक्ष पार्लियामेन्टमा मात्र होइन जहाँ भन्यो त्यहाँ आउन तयार छ। स्पट तोकेर बोलाए हुन्छ। त्यहाँ पुग्न हामी तयार छौं।’

उनले अहिलेको सरकार धम्कीको भाषामा देशलाई मानसिक गुलामी बनाउन लागिरहेको पनि आरोप लगाए। 

‘यो सरकार धम्कीको भाषामा देशलाई लतारेर मानसिक गुलामी बनाउन चाहन्छ यो देशलाई। यो देश त्यस्तो गर्न तयार छैन। यसमा भारतलाई मुस्नपर्ने केही कारण नै छैन,’ उनले भने, ‘भारतलाई समेत विवादमा तानेर आफ्नो स्वार्थसिद्ध गर्ने सोच हुनसक्छ। दाउपेच, तिगडम हुनसक्छ। दम्भको आधारमा असंवैधानिक र अलोकतान्त्रिक काम गर्न खोजिँदैछ।’

साथै, उनले ललिता निवास प्रकरणमा संलग्न दोषीजति सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने पनि बताए। 

‘अहिले सत्तापक्षका साथीहरू ललितानिवास प्रकरण भनेर भनिरहेका छन्। यसमा छानबिन गरौं, यसमा जो जो दोषी छन् सबैलाई कारबाही गरौं। को को दोषी छन्, कहिलेबाट यो प्रसंग सुरु भयो,’ उनले भने, ‘ककसले छानबिन र निर्णय गरे? समग्र कुरा सरकारले बाहिर ल्याउनुपर्छ। जे कुरामा पनि एमालेलाई दोषी देखाउन खोजिँदैछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .