राजनीति


दिल्लीले प्रधानमन्त्री बनाएकोबारे प्रधानमन्त्री भन्छन् : एमाले विक्षिप्त भएछ, बबन्डर नगरे हुन्छ

दिल्लीले प्रधानमन्त्री बनाएकोबारे प्रधानमन्त्री भन्छन् : एमाले विक्षिप्त भएछ, बबन्डर नगरे हुन्छ

तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
असार २०, २०८० बुधबार १५:०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक विमोचनमा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर बबण्डर मच्चाउन खोजिएको आरोप लगाएका छन्। 

अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै उनले सोमबार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल) को विमोचन कार्यक्रममा प्रितमले बोलेको कुरा आफूले बोले पनि त्यसमै बबण्डर मच्चाउन खोजिएको बताए।

उनले आफूले पुस्तक विमोचन कार्यक्रममा प्रितम सिंह सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै नभइ राजनीतिमा पनि चासो राख्ने व्यक्ति भएको र आफूलाई प्रधानमन्त्री बनाउन कहिले दिल्ली, कहिले नेपालका पार्टीहरुसँग लाग्नुहुन्थ्यो भन्ने अभिव्यक्ति दिएको बताए।

प्रधानमन्त्री दाहालले बेलुनरुपी बबन्डर चाँडै फुट्ने पनि दाबी गरे। उनले यस कुराले विपक्षीमा कति धेरै विक्षिप्तता छ, कति धेरै पूर्वाग्रह छ भन्ने कुरा प्रमाणित गर्ने बताए।

‘अब आज म सुन्दैछु, एउटा किताव विमोचन गर्दै गर्दा मैले नबोलेको कुरालाई लिएर बबन्डर गरिँदै रहेछ। मैले भने उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै होइन, राजनीतिमा पनि उहाँले चासो राख्नुहुन्छ’, उनले भने, ‘उहाँले मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ, कहिले कहाँ पुग्नुहुन्छ, कहिले दिल्ली, कहिले नेपालका पार्टीहरुसँग लाग्नुहुन्थ्यो भन्ने उहाँबारे भनेको कुरालाई उचालेर फेरि एक पटक बबन्डर गर्न खोजिएको छ, त्यो बेलुन पनि छिट्टै फुट्नेवाला छ।’

उनले चाँडै नै माओवादीहरु एउटै केन्द्रमा आउने र सबै संगठन एउटै केन्द्रमा आएर नयाँ समाजवादी आन्दोलन सुरु गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad