ad ad

राजनीति


गगनप्रति बालेन्द्रको कटाक्ष : शिक्षण संस्थामा कांग्रेसको भातृ संगठन नभएको घोषणा गर्छु

गगनप्रति बालेन्द्रको कटाक्ष : शिक्षण संस्थामा कांग्रेसको भातृ संगठन नभएको घोषणा गर्छु

नेपालखबर
असार १९, २०८० मंगलबार २१:२९, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति कटाक्ष गरेका छन्।

बालेन्द्रले गगनलाई बोलेको कुरा पूरा गर्न चुनौतीसमेत दिएका छन्।

थापाले सोमबार एक कार्यक्रममा शिक्षण संस्थामा राजनीतिक दलको झोला बोकेर जान पाइँदैन भनेका थिए।

उनले संघीय शिक्षा ऐन जस्तै विश्वविद्यालय ऐन ल्याउनुपर्ने बताउँदै त्यसमा नै कुनै पनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले नचिन्ने अवस्था बनाउनुपर्ने बताएका थिए।

सोही भनाईलाई लक्षित गर्दै बालेन्द्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘माननीय गगन थापाज्यू, दलको हिजो एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भनेर त भन्नुभयो, नेपाली कांग्रेसको महामन्त्रीज्यूले नै भने पछि काठमाडौं महानगर भित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालय सबैतिर कांग्रेस पार्टीको कुनै पनि भातृ संगठन नभएको घोषणा गर्दछौँ।’

उनले अगाडि लेखेका छन्, ‘बोलेको कुरा, पूरा गर्नुहोला मननीयज्यू।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .