ad ad

राजनीति


नेपालमा भूमि बैंक स्थापना गर्न ढिलाई गर्नु हुन्न : ओली

नेपालमा भूमि बैंक स्थापना गर्न ढिलाई गर्नु हुन्न : ओली

नेपालखबर
असार १९, २०८० मंगलबार १९:४९, काठमाडौँ

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ‘भूमि बैंक’ स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।

बाँझो जमिनलाई परिचालन गरी कृषि उत्पादन बढाउन मुलुकमा भूमि बैंक आवश्यक रहेको ओलीको भनाई थियो।

मंगलबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा पार्टीको कृषि तथा पशुपंक्षी विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले तराईमा ठूल्ठूला जमिन चक्लाबन्दी गरी खेती गर्न पनि सो बैंक अतिआवश्यक रहेको बताए।

ओलीले पहाडमा भने कृषि उत्पादन बढाउनका लागि सहकारीकै विधि उपयुक्त हुने तर्क गरे। उनले नेपालमा ५ वर्ष भित्र कृषि उत्पादन ८० प्रतिशत वृद्धि गर्न सकिने जिकीर समेत गरे। त्यसका लागि कृषिमा आधुनिक औंजारहरु, उन्नतस्तरको बीउविजन, मल, सिंचाईको प्रबन्ध गर्नुपर्ने ओलीले बताए।

उनले भने, ‘भूमि बैंकमा लगेर आफ्नो जमिन राख्ने र त्यसलाई चक्लाबन्दीको रुपमा त्यसमा फार्मिङ गर्ने कुरा तराईमा सबभन्दा बढि उपयोगी हुन्छ। पहाड सहकार्य नै काफी हुन्छ। सुन्तला यहाँ राम्रो हुन्छ। यसको बजार राम्रो छ भनेपछि त्यहाँका मानिसले सुन्तला खेती गर्न सक्छन्। कृषि उत्पादन ५ वर्षमा कम्तिमा असी प्रतिशत बढाउन सकिन्छ। यसमा खाली उत्पादन र उत्पादकत्व वृद्धिमा मात्रै असी प्रतिशत कसरी हुन्छ? मलाई लाग्छ यो त हन्ड्रेड प्रतिशत पुर्याउन सकिन्छ।’

अध्यक्ष ओलीले नेपालमा कृषिका लागि सिँचाइको अभाव नहुने दाबी समेत गरे। उनले माटोलाई स्वस्थ राख्नका लागि प्राङगारिक मलको प्रयोगमा वृद्धि गर्दै लैजानुपर्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .