ad ad

राजनीति


दलितका लागि छुट्टै बजेटको व्यवस्था नगरेकोमा सांसद सुनारको आपत्ति

दलितका लागि छुट्टै बजेटको व्यवस्था नगरेकोमा सांसद सुनारको आपत्ति

नेपालखबर
असार १८, २०८० सोमबार १५:४, काठमाडौँ

राष्ट्रियसभाका सांसद भुवनबहादुर सुनारले सरकारले अहिलेसम्म पनि दलितहरुका लागि किटान गरेर बजेटको व्यवस्था गर्न नसकेको भन्दै आपत्ति जनाएका छन्। 

सोमबार राष्ट्रियसभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले २३ प्रतिशत जनसंख्या रहेका दलितहरुका लागि किटानीका साथ बजेटको व्यवस्था नगरिएको भन्दै आक्रोश व्यक्त गरे। 

सांसद सुनारले कर्णाली प्रदेशमा बजेटको माग गर्दै प्रर्दशन गरिरहेका दलितहरुलाई नियन्त्रणमा लिने क्रममा घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए। 

‘कर्णाली प्रदेशमा ठूलो दलित समूदायको जनसंख्या छ। २३ प्रतिशत भन्दा बढि जनसंख्या भएको समूदायका लागि राज्यले किटान गरेर बजेट छुट्टयाउँदैन,’ उनले भने, ‘पहुँचका आधारमा बजेटहरु विनियोजन हुने, दूरदराज र विपन्न बस्तीहरुलाई पूरै बिर्सने अवस्था छ। र, कणार्ली प्रदेशमा बजेटको माग गर्दा दर्जनौ दलितहरु प्रहरी प्रशासनका कुटाईका कारण घाइते हुनु परेको छ। उनीहरुका लागि पनि आवश्यक बजेटको व्यवस्था गर्न म सरकारसँग माग गर्दछु।’

सांसद सुनारले पहुँच हुनेहरुका लागि मात्रै सरकारले बजेट विनियोजन गरेको आरोप समेत लगाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .