राजनीति


बालुवाटारको जग्गा विप्लवले झण्डा गाड्दैमा कब्जा हुँदैन : सञ्चारमन्त्री

बालुवाटारको जग्गा विप्लवले झण्डा गाड्दैमा कब्जा हुँदैन : सञ्चारमन्त्री

नेपालखबर
माघ २, २०७६ बिहिबार ९:४७,

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारमा विप्लव समूहले झण्डा गाड्दैमा जग्गा कब्जा नहुने बताएका छन्।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले झण्डा गाड्दैमा जग्गा कब्जा नहुने बताएका हुन्।

बुधबार साँझ सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेत्रित्वको नेकपाले विवादित लतिला निवासको जग्गामा बम राख्नुका साथै झण्डा गाडेर कब्जा गरेको घोषणा गरेको थियो। त्यही सन्दर्भमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन्।

‘नेपाल सरकारले त्यस जग्गामाथि छानबिन गरिरहेको छ’, मन्त्री बाँस्कोटाले भने, ‘यो जग्गा कसैले कब्जा गर्दैमा, झण्डा गाड्दैमा कब्जा हुँदैन।’ उनले विप्लव समूहले चर्चामा आउनका लागि जग्गा कब्जाको हल्ला गरेको बताए।

यो जग्गामाथि सरकार आफैँले छानबिन गरिरहेको भन्दै त्यस्तो जग्गामाथि कब्जा गरे भन्नुको कुनै अर्थ नहुने बताए। उनले विप्लव समूहका हिंसात्मक गतिविधि सह्या नहुने बताए। ुसरकार आफैँले जग्गाबारे छानबिन गरिरहेको छ। लुकेर हमला गर्दा त्यसले राम्रो गर्दैन। हामीले भनेको पुष्टि भयो’, मन्त्री बाँस्कोटाले भने, ‘सरकारले टावरमा हान भनेको छैन। जनताको सम्पतिमा आक्रमण गरिएको छ। सरकार यस विषयमा सहनशील हुनै सक्दैन। सरकार यस्ता घटनामा खेद प्रकट गर्छ।’

उनले हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण प्रतिस्पर्धामा आउन विप्लव समूहलाई पुनः आग्रह गरे।

त्यस्तै मन्त्री बाँस्कोटाले नकेपा नेता भीम रावललाई बालुवाटारबाट ज्यान मार्न धम्की गएको भन्ने कुराको पनि खण्डन गरेका छन्। पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले बालुवाटारबाट कसले र कुन नम्बरबाट धम्की दिएको प्रस्ट पार्न रावलाई आग्रह समेत गरे।

प्रधानमन्त्री ओलीले कसैको ज्यान लिने काम नगरेको भन्दै उनले त्यस्तो सोच्नु गलत भएको बताए। ‘प्रधानमन्त्री नेकपाकै हुनुहुन्छ, उहाँ पनि नेकपाकै नेता हुनुहुन्छ’, उनले भने, ‘उहाँलाई सरकारले सुरक्षा उपलब्ध गराएकै छ, पछुवा पनि छ । त्यसैले उहाँको ज्यानमाथि सुरक्षा खतरा छ भन्ने लाग्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad