समाज


पुस १५ देखि एक महिनासम्म भूकम्प सम्बन्धी जनचेतना अभियान

पुस १५ देखि एक महिनासम्म भूकम्प सम्बन्धी जनचेतना अभियान

नेपालखबर
माघ २, २०७६ बिहिबार ८:४७,

गृहमन्त्री रामबहादुर थापाले विपदलाई सहि ढंगले व्यवस्थापन गर्न सके मात्रै समृद्ध नेपाल सुखी नेपालीको अभिभारा पुरा गर्न सकिने बताएका छन्।

२२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा राजधानीमा आयोजना भएको कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन्। सुरक्षित पूर्वाधार निर्माणका लागि नागरिकलाई सचेत बनाउन सकेको अवस्थामा दिगो सुख र समृद्धिको आधार निर्माण गर्न सकिने उनले बताए। ‘सुरक्षित पूर्वाधारमा पहिलो कुरा नागरिक सचेतना हो। नागरिकहरुलाई सचेत बनाउन सकेको अवस्थामा त्यसले दिगो सुख र समृद्धिको आधार निर्माण गर्छ’, थापाले भने।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए। कमजोर पूर्वाधारका कारण कुनै पनि मानवीय क्षति नहोस् भन्नका लागि सरकारले पूर्वाधारण निर्माणमा विशेष ध्यान दिएको उनले बताए। नेपालीलाई सुखी र नेपाललाई समृद्ध बनाउन पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने उनले बताए। भूकम्पले भन्दा पनि हामीले निर्माण गरेका पूर्वाधार र संरचनाका कारण क्षति हुने गरेकाले नेपाल सरकारले पूर्वाधार निर्माणमा ध्यान दिएको बताए।

पुस १५ गतेदेखि माघ १५ गतेसम्म विभिन्न कार्यक्रम गरी भूकम्प सम्बन्धि जनचेतना जगाईँदै छ। गृहमन्त्रालयले सातवटै प्रदेश, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ। भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad