ad ad

राजनीति


प्रतिनिधिसभाको बैठक बस्दै, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने तयारी

प्रतिनिधिसभाको बैठक बस्दै, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने तयारी

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८० आइतबार ७:३८, काठमाडौँ

आज (आइतबार) प्रतिनिधि सभाको बैठक बस्दै छ।

संसद् सचिवालयका अनुसार बैठक संसद् भवन (नयाँ बानेश्वर) मा बिहान ११ बजे बस्नेछ। 

बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ। 

जसअनुसार आजको बैठकमा आर्थिक विधेयक, २०८० बारे छलफल हुने र त्यसमा प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

त्यस्तै अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक, २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा छ। 

आजै राष्ट्र ऋण उठाउने विधेयक, २०८० को दफावार छलफल गरिने र यसमा प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ।

यसपछि अर्थमन्त्री महतले उक्त विधेयक पारितका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूचीमा जनाइएको छ। 

हेर्नुहोस् सम्भावित कार्यसूची-


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .