ad ad

राजनीति


पत्रकारिता समाजको ऐना हो : उपसभामुख राना

पत्रकारिता समाजको ऐना हो : उपसभामुख राना

नेपालखबर
असार १६, २०८० शनिबार १४:६, काठमाडौँ

उपसभामुख इन्दिरा रानाले पत्रकारिता समाजको ऐना भएको बताएकी छिन्।

शनिबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्। सुशासनका लागि पहिलो खुड्किला नै पत्रकारिता भएकाले यसको संरक्षण र संवद्र्धन गर्नुपर्ने उनको भनाई छ।

उनले जवाफदेहीता, सुशासन, पारदर्शिता पत्रकारिताबाट नै सम्भव रहेको पनि बताइन्। जनताले चुनेर पठाएका सांसदहले संसदमा प्रस्तुत हुँदा मेहनताका साथ आफ्ना अभिव्यक्ति दिनुपर्ने बताइन्।

‘पत्रकारहरु देशको चौथो अंग होइन समाजको ऐना हो। सुशासनको पहिलो चरण नै पत्रकारिता हो। किनभने भने हामी जवाफदेहीता, सुशासन, पारदर्शिताको कुरा पत्रकारले दिने हो,’ उनले भनिन्, ‘प्रतिनिधि सभाका सदस्यहरु कति तयारीमा आउनुभएको छ? भन्नेकुरा जनताले हेरेर बस्नछन्। जनताले चुनेपछि हामीले मेहनत गर्नुपर्छ।’

उपसभामुख रानाले संसदलाई राम्रो र व्यवस्थित बनाउन सांसदहरुले पनि आफ्नो भनाइहरु मर्यादित रुपमा राख्न सक्नुपर्ने बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .