पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समाज रुपान्तरणको अभिभारा अझै पूरा भइनसकेको बताएकी छन्।
बिहीबार काठमाडौंमा मदन भण्डारीको ७२ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
उनले समाज रुपान्तरणको अभिभारा पूरा गर्न लामो यात्रा तय गर्न बाँकी रहेको बताइन्।
भण्डारीले जनताको जीवनमा सम्पूर्ण रुपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनाको दायित्व पूरा भइनसकेको पनि बताइन्।
राजनीतिक रुपमा केही संरचनागत परिवर्तन भए पनि नेपाली क्रान्ति सम्पन्न भइनसकेको उनले बताइन्।
यसमा पर्याप्त सुधार, परिवर्तन तथा रुपान्तरणका सम्भावनाहरु बाँकी रहेको उनले बताइन्।
‘समाज रुपान्तरणको हाम्रो अभिभारा पूरा भइसकेको छैन। यसका लागि धेरै लामो यात्रा तय गर्न बाँकी नै छ। जनताको जीवनमा सम्पूर्ण रुपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको जुन परिकल्पना छ, त्यसको दायित्व पूरा भइसकेको छैन । राजनीतिक रुपमा केही संरचनागत परिवर्तन भएका छन् । तर नेपाली क्रान्ति सम्पन्न भइसकेको छैन’, उनले भनिन्, ‘केवल सुरुवात भएको छ। यसमा पर्याप्त सुधार, परिवर्तन तथा रुपान्तरणका सम्भावना बाँकी नै छन्। हामीले जनताबीच गएर ती सम्भावनाको खोजी गर्नुपर्छ।’
पूर्वराष्ट्रपति भण्डारीले गौतमबुद्धदेखि अन्य विचारकहरुले मानव जीवनको सुख र शान्तिबहालीलाई नै खोजको विषय र लक्ष्य बनाएको बताइन्।
Shares
प्रतिक्रिया