ad ad

राजनीति


‘एउटै उद्योगीले ४० अर्ब नाफा गर्छ, सरकारको आयकर ९४ करोड मात्रै किन?’

‘एउटै उद्योगीले ४० अर्ब नाफा गर्छ, सरकारको आयकर ९४ करोड मात्रै किन?’

नेपालखबर
असार १३, २०८० बुधबार १८:१६, काठमाडौँ

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राजश्व र करको भरमा मात्रै देश चल्न नसक्ने बताएका छन्।

बुधवार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा बोल्दै यस्तो बताएका हुन्। मुलुकमा अब प्रगतिशील कर प्रणाली लागू गर्नुपर्ने आवश्यकता रहेको बताए।

सरकारको राजश्वको स्रोत सवारी आयात, मदिरा आयात, मदिरा उत्पादनमा अन्तशुल्क, जग्गा निजी प्लटिङमा रनिस्टेशन शुल्क र पुँजीगत लाभ कर यो स्रोत भरपर्दो नभएको बताए। उनले सरकारले कृषि उद्योग र उत्पादनलाई जोड दिई देशलाई आत्मनिर्भर बनाउनुपर्ने बताए।

उनले भने, ‘सरकारको राजश्वको स्रोत सवारी आयात, मदिरा आयात, मदिरा उत्पादनमा अन्तशुल्क, जग्गा निजी प्लटिङमा रजिस्ट्रेसन शुल्क र पुँजीगत लाभ कर यो स्रोत भरपर्दो होइन। सरकारले कृषि उद्योग र उत्पादनलाई जोड दिई देशलाई आत्मनिर्भर बनाउनुपर्छ। राजस्व र करको भरमा देश चल्दैन।’

उनले एउटै उद्योगी व्यापारीको ४० अर्ब नाफा भएको सार्वजनिक भएपनि देशभरको आयकर जोड्दा जम्मा ९४ करोड मात्रै रहेको बताए। उनले आयकर ९४ करोड मात्रै हुनु प्रगतिशील कर प्रणाली नहुँदाको परिणाम भएको बताए।

उनले थपे, ‘मुलुकमा प्रगतिशील कर लागू गर्नुपर्छ। एउटै उद्योगी व्यापारीको ४० अर्ब नाफा भएको सार्वजनिक हुन्छ। तर देशभरको आयकर जोड्दा जम्मा ९४ करोड मात्रै हुन्छ। प्रगतिशील कर प्रणाली नहुँदाको परिणाम हो। देशलाई आर्थिक रुपले सवल बनाउन जरुरी छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .