पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका रूपमा ६ महिनामा गरेका कामप्रति आफू सन्तुष्ट रहेको बताएका छन्।
राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित विषयमा उठेका प्रश्नको जवाफ दिँदै उनले सांसदहरूसँग सहकार्यका लागि अपिल गरे।
उनले आफ्नो ६ महिनाको समयका हिसाबले आफूले 'डिस्टिङ्सन' पाउनुपर्ने ठानेको बताउँदै बजेट पासमा सहयोग गर्न आग्रह गरे।
'गम्भीर रूपले देश विकासका लागि, सुशासन तथा सामाजिक न्याय र समृद्ध लाग्नुपर्नेछ। दृढ इच्छाशक्तिका साथ लागे हुन सक्छ भन्ने संकेत देखिएको छ। तर यो पूर्ण होइन। नकारात्मक र असन्तुष्टी होइन, विकासका, सुशासन तथा सामाजिक न्यायका लागि एक ढिक्का भएर काम गर्न म अपिल गर्छु,' उनले भने, 'प्रधानमन्त्रीका रूपमा ६ महिनाका कामप्रति मूलभूत रूपमा मैले डिस्टिक्सन पाउनुपर्ने ठानेको छु।'
Shares

प्रतिक्रिया