ad ad

राजनीति


पितृभूमिकाे तीर्थाटनका लागि नेपालमा: पवन चाम्लिङ

पितृभूमिकाे तीर्थाटनका लागि नेपालमा: पवन चाम्लिङ

नेपालखबर
माघ १, २०७६ बुधबार १३:१,

नेपालको अनौपचारिक भ्रमणमा रहेका सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङलाई काठमाडौंमा सम्मानित गरिएको छ।

एले सम्वत् ५०३० का अवसरमा किराँत राई यायोक्खाले चाम्लिङलाई दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ नगदसहित ‘यलम्बर सम्मान’ बाट सम्मानित गरेको हो। काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित सो कार्यक्रममा सम्मानित भएपछि चाम्लिङले आफू तीर्थाटनका लागि पितृ भूमिमा आएको र कुनै राजनीतिक कार्यक्रम नरहेको बताए। उनले राष्ट्रियता र राजनीतिक रुपमा आफू भारतीय भएपनि भाषा, संस्कृति र पहिचान नेपाली भएको बताए।

चाम्लिङ सत्तामा हुँदा भाषा, लिपि, संस्कार, संस्कृति र साहित्य विकासमा योगदान पुर्‍याएको यायोक्खाको ठहर छ। यस अघि नेपाली भाषा साहित्यमा महत्वपूर्ण योगदान गर्ने दार्जिलिङका साहित्यकार इन्द्रबहादुर राई र वान्तावा भाषामा पीएचडी गर्ने डा. नोवलकिशोर राईलाई यो सम्मान प्रदान गरिएको थियो।

चाम्लिङको दल सिक्किम डेमोक्रेटिक फ्रन्टले सिक्किममा विगत २५ वर्ष शासन चलाएको थियो। चाम्लिङ लगातार २५ वर्षसम्म सिक्किममा मुख्यमन्त्री थिए। अहिले सिक्किममा क्रान्तिकारी मोर्चाको सरकार छ। मोर्चाका अध्यक्ष पिएस गोले त्यहाँको मुख्यमन्त्री छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .