पूर्वमन्त्री तथा नेपाल समाजवादी पार्टीकी नेतृ हिसिला यमीले आफ्नो जन्मदिनमा ससुराबाट जीवनमै पहिलो उपहार पाएको बताएकी छन्।
आफू ६४ वर्ष पूरा भएको उपलक्ष्यमा आज (असार ११ गते) ९४ वर्षका ससुराले तिलहरी उपहार दिएको जानकारी नेतृ यमीले तस्बिरसहित दिएकी हुन्।
ससुराबाट पाएको उक्त उपहारले आफू बल्ल औपचारिक रूपमा बुहारी भएको पनि उनले उल्लेख गरेकी छन्।
‘मेरो ९४ वर्षको ससुरा भोजप्रसाद भट्टराईले मेरो ६४ वर्ष पूरा भएको जन्मदिनमा दिएको उपहार तिलहरी’, उनले लेखेकी छन्, ‘धन्यवाद!!! जीवनको पहिलो यो उपहारले अब म औपचारिक रूपमा बुहारी भएँ। छोरी त थिएँ नै। दुवै हातमा लड्डु भएन र?’
201
Shares

प्रतिक्रिया