ad ad

समाज


पशुपतिमा जलहरी विवाद : अख्तियारले जोख्दा आधा केजी कम भेटियो

पशुपतिमा जलहरी विवाद : अख्तियारले जोख्दा आधा केजी कम भेटियो

नेपालखबर
असार ११, २०८० सोमबार ९:५४, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिमा राखिएको सुनको जलहरी जोखेको छ। आइतबार दिउँसो जलहरी जोख्न पशुपतिनाथ पुुगेको अख्तियारको टोलीले सोमबार बिहान २ बजेसम्म लगाएर जलहरी जोखेको हो। 

अख्तियारको टोलीले उक्त सुन जोख्दा आधा केजी कम पाइएको छ। सुन जोख्न पशुपति पुगेका टोलीमध्येका एक सदस्यका अनुसार जलहरीमा प्रयोग भएको भन्दा आधा केजीमात्र सुन कम पाइएको हो। 

त्यसमध्ये जलहरीको रिङ र बेल्टमा १०.४३२५ मा प्रयोग भएको पाइएको छ। त्यस्तै, किला र काँटीमा १.०३७५ केजी सुन प्रयोग भएको पाइएको ती सदस्यले जानकारी दिए। 

जलहरीमा प्रयोग भएको सुनमध्ये १०७ केजी ९५३ केजी सुन अहिले पाइएको हो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा १०७ केजी ९२४.७४ ग्राम सुन प्रयोग गरी जलहरी बनाइएको बताइएको थियो। उक्त सुनमा तामा र पित्तल थप गरी १०८ केजी भएको भनिएको उक्त जलहरीलाई लिएर संसदमा विवाद भएको थियो।

सो बारेमा विवाद बढेपछि पशुपतिमा अख्तियार पसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .