ad ad

राजनीति


सांसद मनिष झाले उठाए उपराष्ट्रपति पदको औचित्यमाथि प्रश्न

सांसद मनिष झाले उठाए उपराष्ट्रपति पदको औचित्यमाथि प्रश्न

फाइल तस्बिर


नेपालखबर
असार १०, २०८० आइतबार १२:३४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका छन्। 

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले देशमा उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका हुन्। 

झाले हालसम्म उपराष्ट्रपतिको पदले सम्झनलायक कुनै काम गर्न नसकेको भन्दै यसको औचित्यमाथि नै प्रश्न उठाए। 

उनले उपराष्ट्रपतिले गर्ने काम राष्ट्रिय सभा अध्यक्षले नै गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताएका छन्। 

‘उपराष्ट्रपतिको पद संवैधानिक अभ्यास गरेपछि आजसम्म ५ हजार ११५ दिन भएको रहेछ। ४ वटा कार्यकाल र तीनवटा अनुहार फेरिए। त्यो हेर्दैगर्दा सम्झनलायक कुरा के छन् त? ५ हजार ११५ दिनमा यो पदले सम्झिनलायक कुनै पाँचवटा कुरा हामी सम्झिन सक्छौँ?’, उनले प्रश्न गरे, ‘त्यसैले यो पदको औचित्यको जवाफ सम्झिन सक्ने वा नसक्ने त्यो ५ हजार ११५ दिनले नै दिन्छ। त्यसैले हामीले सोच्नुपर्छ। हामी यो पदको परिकल्पना गर्दैनौँ। हामीलाई यो पद आवश्यक छैन। राष्ट्रिय सभाको अध्यक्षले नै यसको काम गर्नसक्छ भन्छौँ।’

उनले कर र खर्च कटौतीका लागि अनावश्यक पद राखिरहनु नहुने पनि बताएका छन्। 
बताउनु भयो ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .