राजनीति


वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु भनेको नेपाल आमा रगत खाएजस्तै : योगेश

वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु भनेको नेपाल आमा रगत खाएजस्तै : योगेश

नेपालखबर
असार ८, २०८० शुक्रबार १५:४५, काठमाडौँ

नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको टिप्पणी गरेका छन्। 

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले थला पर्न लागेको नेपाल वायुसेवा निगममा थप कर्मचारी भर्ना पर्ने नेपाल आमाको रगत खाएजस्तै हुने टिप्पणी गरेका हुन्।

‘सयौं कर्मचारी वायुसेवा निगममा भर्ती गरिँदै छ किन? त्यसलाई सोमलियाकी आमा जस्तो बनाउने हो? जुन आमाको दुध आउँदैन, आमाको दुध चुसिराख्ने?,’ भट्टराईले भने, छत्यो आमाको रगत चुसे जस्तै हो। नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु भनेको नेपाल आमाको रगत खानु जस्तै हो। आज त्यस्तै भइरहेको छ।’

उनले नेपाल वायुसेवा निगमको हालत हिमाल सिमेन्ट कारखानाको जस्तो अवस्थामा पुग्न लागेको बताए।

उनले वायुसेवा निगमका कर्मचारीले तलव खाने मुख्य स्रोत नै ग्राउण्ड ह्याण्डिलिङ भएको भन्दै हवाई उडानबाट नाफा नभएको बताए। निगमलाई कति कर्मचारी आवश्यकता हो भन्ने विषयमा मूल्याकंन गर्न आवश्यक रहेको बताए। 

‘कर्मचारीहरु अहिले पनि तलव भत्ता माग गर्दै सडकमा हिँडिराख्नुभएको छ। यदी नेपाल वायुसेवा निगमलाई संरचनागत हिसावले सुधार नगर्ने हो भने यसको हालत त्यही हुन्छ,’ उनले भने, ‘हाम्रो सरकारको पालामा सर्वसाधरणले समेत शेयर पाउने गरी पब्लिक कम्पनीमा लानुपर्छ भन्ने निस्कर्षमा पुगेका थियो। तर प्रत्येक वर्ष नीति कार्यक्रममा आउँछ। त्यसपछि निजीकरण ग¥यो भनेर काम गर्न दिइँदैन।’

उनले निगमले ३ हजार कर्मचारी राखेर ४ वटा जहाज उडान भर्ने निगम आवश्यक नभएको बताए।

उनले नेपालका नीजि कम्पनीमा १६ वटा जहाज हुँदा उनीहरुका कर्मचारी ११ सय कर्मचारीले पुगेको भन्दै  वायुसेवा निगमसँग ४ वटा जहाज हुँदा ३ हजार कर्मचारी रहेको बताए।

‘३ हजार कर्मचारी राखेर ४ वटा जहाज उडान भर्ने हो भने निगम आवश्यक छैन। नेपालका निजी कम्पनीमा १६ वटा जहाज हुँदा उनीहरुका कर्मचारी ११ सय छन्,’ उनले भने, ‘वायुसेवा निगमसँग ४ वटा जहाज छन् ३ हजार कर्मचारी किन चाहियो। एमालेले सरकार चलाएको बेलामा एक जना पनि कर्मचारी थप भएको थिएन।’

उनले एमालले तीन वर्ष सरकार सञ्चालनमा गर्दा एक जना पनि कर्मचारी थप नभएको भन्दै अहिले निगममा सयौं कर्मचारी भर्ती गरिएको भन्दै असन्तुष्टी जनाए।

उनले निगमलाई सोमलियाकी आमा जस्तो बनाउन थालिएको बताए। उनले नेपाल वायुसेवा निगमलाई संरचनागत हिसावले सुधार गर्न आवश्यक रहेको बताए।

सांसद भट्टाराई एमालेको पालामा सर्वसाधरणले समेत शेयर पाउने गरी पब्लिक कम्पनीमा लानुपर्छ भन्ने निश्कर्षमा पुगे पनि  निजीकरण गर्‍यो भनेर काम गर्न नदिइएको बताए। 

सर्वसाधरण समेतलाई शेयर निस्कासन हुने गरी पब्लिक कम्पनीमा लैजान जरुरी रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad