ad ad

राजनीति


एमालेले उपराष्ट्रपतिको कार्यालयको बजेट पुस्तक मागेपछि संसद् १५ मिनेटलाई स्थगित

एमालेले उपराष्ट्रपतिको कार्यालयको बजेट पुस्तक मागेपछि संसद् १५ मिनेटलाई स्थगित

नेपालखबर
असार ८, २०८० शुक्रबार १२:५८, काठमाडौँ

प्रतिपक्षी दल एमालेले उपराष्ट्रपति कार्यालयको बजेट पुस्तिका माग गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ। 

प्रमुख प्रतिपक्षी दल एमालेले विनियोजन विधेयकमाथिको छलफलका लागि राष्ट्रपति कार्यालय एवम् उपराष्ट्रपतिको कार्यालय खर्च कटौतीको प्रस्तावसम्बन्धी पुस्तक नभएका कारण सदन चल्न नसक्ने भनेपछि सभामुख देवराज घिमिरेले १५ मिनेका लागि बैठक स्थगित गरेका हुन्।

बैठकमा समय लिएर बोल्दै एमाले सचेतक महेश बर्तौलाले उपराष्ट्रपतिको कार्यालयको पुस्तक नआइ त्यसबारे छलफल गर्न नदिने अडान लिए।

त्यसपछि सभामुख घिमिरेले पहिले पनि यस्तो हुने गरेको भन्दै बैठक अघि बढाउनुपर्ने बताए। तर एमालेले उपराष्ट्रपतिको कार्यालयको पुस्तक नआएसम्म बैठक अघि नबढ्ने अडान लिएपछि १५ मिनेटका लागि रोकिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .