ad ad

खेल


चेल्सीले स्ट्रासबर्गको बहुमत सेयर किन्ने

चेल्सीले स्ट्रासबर्गको बहुमत सेयर किन्ने

नेपालखबर
असार ८, २०८० शुक्रबार १३:३, काठमाडौँ

फ्रेन्च लिग वान क्लब स्ट्रासबर्गको बहुमत सेयर किन्न चेल्सीका मालिकहरु सहमत भएका छन्।

अध्यक्ष टोड बोहलीले भने, ‘यो बहु–क्लब मोडल युवा खेलाडीको अनुभव प्राप्त गर्नका लागि राम्रो बाटो हो। चेल्सीले कति सेयर लिनेछ भन्ने बारेमा यकिन नभएपनि चेल्सीको भागमा लगभग सय प्रतिशत स्वामित्वका लागि ७५ मिलियन युरो तिर्नेछ।’

क्लबमा अध्यक्ष मार्क केलरले  स्ट्रागबर्गका लागि यो महत्वपूर्ण दिन भएको बताएका छन्।

वेष्ट ह्यामका पूर्व मिडफिल्डरले भने, यो सम्झौताका लागि कुनै आर्थिक आवश्यक्ता त थिएन तर सेयरधनीहरुलाई थाहा थियो की क्लव जुन मोडलमा अघि बढिरहेको छ यसका लागि लगानी आवश्यक छ।

यो लगानीले चेल्सीको स्वामित्वको साथसाथै युरोपेली फुटबलमा स्ट्रासबर्गको उपस्थिीलाई बढाउने विश्वास लिइएको छ। यसले क्लबको ज्ञान र विशेषताहरु साझा गर्ने ठूला अवसर सिर्जना गर्ने स्ट्रागबर्गले बताएको छ।

फ्रान्सेली टोलीले चेल्सीसँग सल्लाह र विशेषताहरु आदानप्रदान गर्ने मालिकहरु संलग्न भएका अन्य टोलीहरु पनि सक्षम हुने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .