राजनीति


माधव नेपालको गुनासो : राम्रो बजेट ल्याएनन्, बनाउँदा हामीलाई सोधेनन्

माधव नेपालको गुनासो : राम्रो बजेट ल्याएनन्, बनाउँदा हामीलाई सोधेनन्

फाइल तस्बिर


नेपालखबर
असार ७, २०८० बिहिबार १८:१४, काठमाडौँ

सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनका ठूला दलसँग गुनासो गरेका छन्।

बिहीबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा ब्रिफिङका क्रममा खासगरी प्रमुख सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग उनले गुनासो पोखेका हुन्। 

दलको बैठकमा क्रममा उनले आफ्नो दलबाट राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरुलाई आगामी आर्थिक वर्षका लागि बजेट राम्रो नआएको पनि बताए।

अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेट गोरखा, नुवाकोट र डडेल्धुरासहितका जिल्लाकेन्द्रित भएको भन्दै संशोधन आवश्यकता रहेको बताए। 

‘नयाँ बजेट राम्रो आएन। बजेट बनाउने क्रममा पनि हामीलाई सोधिएन’, उनले सांसदहरुसँगको ब्रिफिङका क्रममा भने, ‘आफू खुसी बजेट ल्याइयो। यो संशोधन नगरी यथास्थितिमा पास गर्न सकिँदैन।’

यसअघि पनि एकीकृत समाजवादीले संसद्‍मै बजेटलाई लिएर आपत्ति प्रकट गरेको थियो।

समाजवादीमा पनि उपाध्यक्ष राजेन्द्र पाण्डे यथास्थितिमा बजेट पास गर्न नहुने पक्षमा थिए। उनले यदि अध्यक्ष नेपाल बजेटको पक्षमा उभिए आफूहरु विपक्षमा उभिने चेतावनी दिएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .