राजनीति


बजेट पुस्तिकामा भएका त्रुटि सच्याउन सरकारलाई सभामुखको निर्देशन

बजेट पुस्तिकामा भएका त्रुटि सच्याउन सरकारलाई सभामुखको निर्देशन

नेपालखबर
असार ५, २०८० मंगलबार १५:१०, काठमाडौँ

सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा भएका त्रुटिहरु तत्काल सच्याउन सरकारलाई निर्देशन दिएका छन्।

मंगलबार १५ मिनेट स्थगित भइ बसेको प्रतिनिधिसभा बैठकमा उनले सहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका बजेट पुस्तिकामा केही त्रुटि भएको उल्लेख गर्दै सच्याउन निर्देशन दिएका हुन्।

यसअघि बसेको बैठकमा एमालेका सांसदहरुले लुम्बिनी प्रदेशको नाम नराखि प्रदेश ५ राखेर सहरी विकास मन्त्रालयको विनियोजन शीर्षक छलफलका लागि आएको भन्दै त्यसलाई नसच्याएसम्म छलफल अघि बढन नदिने अडान लिएका थिए।

‘विनियोजन विधेयक अन्तर्गत सम्बन्धित मन्त्रालयहरुबाट वार्षिक रुपमा सम्पादन हुने कार्यक्रम समावेश पुस्तिका उल्लेखित केही विषयहरु आएका छन्। प्रदेशसभाबाट पारित प्रदेशको नाम उल्लेख हुनुपर्नेमा त्यसो नभएकोमा ध्यानाकर्षणसहित सच्याउन यसअघि निर्देशन भइसकेको छ,’ सभामुख घिमिरेले भने, ‘साथै त्यस्ता कुनै त्रुटि भएमा तत्काल सच्याउन निर्देशन गर्दछु। आजको कार्यसूचीमा रहेको सहरी विकास मन्त्रालय अन्तर्गत वार्षिक रुपमा सम्पादन हुने कार्यक्रमको शीर्षकमा प्रदेशको नाम हुनुपर्नेमा अंक उल्लेख भएको पाइयो। यस विषयमा सदस्यहरुले प्रश्न उठाइसकेपछि मन्त्रीले सदनलाई जानकारी गराउँदै सच्याउने प्रतिबद्धता व्यक्त गरिसक्नु भएको छ। अंकको सट्टा प्रदेशको नाम राखी आवश्यकक्ता अनुसार सुधार गर्न म सम्बन्धित मन्त्रालयलाई निर्देशन गर्दछु।’

एमाले सांसदहरुले अवरोध गरेपछि यस अघि बसेको प्रतिनिधि सभा बैठकमा सहरी विकासमन्त्री सीता गुरुङले सो विनियोजन शीर्षकमा केही त्रुटी भए सच्याउने प्रतिवद्धता व्यक्त गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad