समाज


गोदावरी नगरपालिकाका मेयरलाई नेपाल स्काउटको सम्मान

गोदावरी नगरपालिकाका मेयरलाई नेपाल स्काउटको सम्मान

नेपालखबर
असार ५, २०८० मंगलबार १५:१३, काठमाडौँ

ललितपुरको गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनलाई नेपाल स्काउटले सम्मान गरेको छ। स्काउटको ७२औँ स्थापना दिवसको अवसरमा मंगलबार महर्जनलाई कदर पत्र प्रदान गरेर सम्मान गरेको हो।

स्काउटको स्थानीय पालिकाको संरक्षकको हैसियतमा स्काउटको वृद्धी, विकास र विस्तारका लागि महत्वपूर्ण योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको स्काउटले जनाएको छ।

स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले उक्त कदर पत्र प्रदान गरेका हुन्।

महर्जनले नगरपालिकाभित्रका सामुदायिक विद्यालयका स्काउट पढाउने शिक्षकलाई पारिश्रमिकको व्यवस्था गर्ने प्रतिबद्धता गरेका छन्।

उनले नगरपालिकामै स्काउटको कार्यालय स्थापना गरेर गतिविधि संचालन गराउँदै आएका छन्। त्यसैगरी सामुदायिक विद्यालयका विद्यार्थीलाई स्काउटको पोषाक वितरण गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad