प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी मोर्चा राजनीतिक परिवर्तनविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताएका छन्।
सोमबार समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले मोर्चा घोषणा राजनीतिक परिवर्तनविरुद्ध लाग्नेहरुका लागि युद्धको घोषणा भएको बताए।
‘के कुरा साँचो हो भने यो मोर्चा तिनका बिरुद्ध युद्धको घोषणा भने पक्कैपनि हो। यो मोर्चा सबैसँग बराबरीवाला मोर्चा होइन,’ प्रचण्डले भने, ‘७०/७५ वर्ष संघर्ष गरेर जेल, नेल, यातना, त्याग र बलिदानका किर्तिमान कायम गरेर स्थापित भएको जनताको अधिकार खोसेर फेरी त्यसलाई प्रतिगमनको, हिजोकै सामन्ती निरंकुशतातिर फर्काउन चाहानेहरुका बिरुद्ध एउटा नयाँ अभियान र युद्ध पक्कै पनि हो। तिनीहरुलाई चुनौति पक्कैपनि हो।’
उनले परिवर्तनलाई होच्याउने, अपमानित गर्ने अराजक र प्रतिगामी प्रवृत्तिका मान्छेहरुले टाउको उठाउन खोजेका भन्दै समाजवादी मोर्चा तिनीहरुविरुद्धको युद्ध भएको बताए।
‘हामी परिवर्तनका पक्षधर विभिन्न संघर्ष र बलिदानबाट गुज्रिएका पार्टी र नेताहरुलाई, विचार र प्रवृत्तिलाई बदनाम गर्ने र यो परिवर्तन जो हजारौँ सहिदहरु र बेपत्ताहरु, क्रान्तिकारीहरुको त्याग, तपस्या र बलिदानबाट आएको परिवर्तनलाई होच्याउने, अपमानित गर्ने, ह्युमुलेट गर्न खोज्ने अराजक र प्रतिगामी प्रवृत्तिका केही मान्छेहरुले टाउको उठाउन खोजेकै
छन्,’ उनले भने।
मोर्चा जनताको पक्षमा, प्रगतिशिल र वामपन्थीहरुको पक्षमा भएको पनि उनले बताए।
प्रधानमन्त्री दाहालले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान बनाउन भुमिका खेल्ने सबैलाई हातेमालो गर्न आग्रह समेत गरे।
‘हामीलाई सह्य छैन, जनताको त्यति लामो संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउन खोज्ने र त्यसलाई निस्तेज पार्न खोज्ने प्रतिक्रान्तिकारीहरुका बिरुद्ध, प्रतिगमनकारीहरुका विरुद्ध देशलाई फेरि अध्याँरोतिर,’ उनले भने, ‘२५० सामन्ती राजतन्त्रले देशलाई कहाँ पु¥यायो। हामी त्यही फोहोरको डंगुर सोहोर्नुपर्ने बाध्यतामा अहिलेपनि छौँ। तिनका विरुद्ध पक्कैपनि समाजवादी मोर्चा नेपाल हो।’
जनताको पक्षमा, प्रगतिशिल र वामपन्थीको पक्षमा उनीहरुलाई एकतावद्ध गर्ने अभियान भएको उनले बताए। प्रधानमन्त्री दाहालले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरेका नेत्रविक्रम चन्द मोर्चामा सामेल हुनु गुणात्मक र क्रान्तिकारी महत्व भएको बताए।
विप्लव समाजवादी मोर्चामा सामेल हुँदा संसदीय राजनीतिमा सामेल भएका आफुहरुमा लागेको धुलोमैलो सफा गर्न मद्दत पुग्ने प्रधानमन्त्रीले बताए।
‘एउटा राम्रो पक्ष के भएको छ भने कमरेड विप्लवले नेतृत्व गरेको नेकपा पनि यो मोर्चामा सामेल भएको छ र यसको गुणात्मक र क्रान्तिकारी महत्व छ,’ उनले भने, छहामी संसदीय राजनीतिमा अलि बढी लागेकामा केही धुलोमैलो जम्मा भएको छ। सायद कमरेड विप्लवजस्ता पार्टीहरु यहाँ मोर्चामा आउँदा हाम्रो धुलोमैलो सफा गर्न पनि मद्दत हुन्छ भन्ने मलाइ लाग्छ।’
Shares

प्रतिक्रिया