नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन आगामी भदौ २९ र ३० गते हुने भएको छ। सोमबार बसेको एमाले प्रदेश कमिटीको पाँचौ पूर्ण बैठकले अधिवेशन भदौमा गर्ने निर्णय गरेको हो।
प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहले प्रदेशको प्रथम अधिवेशन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने जानकारी दिए।
उनका अनुसार प्रदेशको इन्जार्च तोकिएका सचिव लेखराज भट्टलाई स्वागत तथा पूर्वइन्चार्ज स्थायी कमिटी सदस्य यामलाल कँडेललाई बिदाई गरिएको छ।
बैठकमा प्रदेश कमिटी अध्यक्ष शाहले बैठकमा राजनीतिक सांगठनिक प्रतिवेदन २०८० र प्रदेशका १० वटै जिल्लाका जिल्ला कमिटी अध्यक्षले जिल्लागत विवरण प्रस्तुत गरेका थिए।
बैठकमा बोल्दै एमाले सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले कर्णाली गरिब नभएको तर, नीति निर्माणमा दबाब नपुगेको बताए।
उनले भने, ‘कर्णाली गरिब छैन। हाम्रो नीतिगत निर्माण दबाबमा बल नपुगेको हो। श्रमजीवी वर्ग समुदायको पक्षमा प्रदेशको बजेटले किन प्राथमिकता पाएन, ती कुरा जनताकोबीचमा गएर बुझाऔँ।’
Shares
प्रतिक्रिया