फुटबल क्लबको कमाइमा बार्सिलोनाले रियल मड्रिडलाई पछि पार्दै पहिलो पटक शीर्ष स्थान कब्जा गरेको छ।
फुटबल मनी लिगका अनुसार बार्सिलोनाले गतवर्ष ९३ करोड ३६ लाख डलर कमाइ गरेको छ। दोस्रो स्थानमा रहेको रियलले ८४ करोड ३० लाख डलर कमाएको छ। तेस्रो स्थानमा म्यान्चेस्टर युनाइटेड छ। उसले गत सिजन ७९.२ करोड डलर कमाएको छ।
अर्को वर्ष पनि पहिलो पटक १ अर्ब डलर कमाएर शीर्ष स्थानमा रहन बार्सिलोना सफल हुने अपेक्षा गरिएको छ।
क्लबको कमाइको स्रोत टिकट बिक्री, टीभी प्रसारण अधिकार बिक्री र अन्य व्यवसायिक स्रोत हुने गर्छ।
गएको सिजन २० ठूला क्लबले १०.३ अर्ब डलर कमाइ गरेका छन्। यो अघिल्लो वर्षको भन्दा ११ प्रतिशत बढी हो।
बारम्बार च्याम्पियन्स लिगमा असफल हुन थालेपछि शीर्षमा रहेको म्यानचेस्टर युनाइटेडको स्थानमा खतरामा पर्ने देखिएको छ। जसको फाइदा लिभरपुल र म्यानचेस्टर सिटीलाई भएको छ।
रियल म्याड्रिडबाट युभेन्टस पुगेका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका कारण सो क्लबको आय वृद्धि भएको छ। जसका कारण युभेन्टस शीर्ष १० मा उक्लिएको छ। एजेन्सी
Shares

प्रतिक्रिया